देश

साफ च्याम्पियनसिप : सरकारले महिला फुटवल खेलाडीलाई जनही तीन लाख दिने

कार्तिक १५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उनले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त… पुरा पढौ

तीन दिनमै थाई एयर एसियामाथिको प्रतिबन्ध फुकुवा

कार्तिक १५ काठमाण्डौं । थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ । यही कात्तिक ११ गते अनुमति बिना काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौँ र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने… पुरा पढौ

सुनको मूल्य हालसम्मकै महँगो

सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्दि भई रु एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला रु तीन… पुरा पढौ

कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने… पुरा पढौ

बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौँ । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन । साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार… पुरा पढौ

पृथ्वीचोकको डिजिटल बोर्डमा महिला साफ च्याम्पियनसीपको फाइनल खेल देखाइने

पोखरा, कात्तिक १४ पोखराको पृथ्वीचोकमा महिला साफ च्याम्पियनसीपको फाइनल खेल देखाइने भएको छ । आयोजक नेपाल र बंगलादेशबीच हुने साफ च्याम्पीयनसीपको फाइनल खेल पृथ्वीचोकस्थित डिजिटल डिस्प्ले बोर्डमा देखाइने भएको हो । दशरथ रंगशालामा आज साँझ ६ः३० बजेदेखि फाइनल खेल हुनेछ । पोखरा महानगरपालिकाको पहलमा डिजिटल डिस्प्लेमा फुटबल देखाइने र त्यसको तयारी गरिएको महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । पुरा पढौ

पोखरामा फूल : मालाको १ सयदेखि १८० रुपैयाँ, थुङ्गाको ३–५ रुपैयाँ

पोखरा, कात्तिक १४ यस वर्षको तिहारमा पोखरामा करीब साढे करोड रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ । पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा साढे दुई करोडदेखि ३ करोड रुपैयाँ बराबरको तिहारे (सयपत्री) फूलको कारोबार हुने भएको हो । जसका लागि फूलको जोहो भइसकेको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ । ‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गरेका छौं’–एशोसियसनका कास्की अध्यक्ष रामप्रसाद सुवेदीले भने । तिहारका लागि पोखरामा आवश्यक फूल स्थानिय उत्पादनले धान्छ । स्थानिय उत्पादनले धान्ने फूलको… पुरा पढौ

चाँडपर्वको अवसरमा भाषा संघ नेपालको शुभकामना आदानप्रदान

पोखरा, कात्तिक १४ भाषा संघ नेपाल (ल्यान)ले नेपालीको विभिन्न चाँडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपालीको महान चाँडहरु बडादशैं, शुभ दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा सहभागीहरुले आपसमा शुभकामना साटासाट गर्दै संघले गर्ने आगामी कार्यक्रमको बारेमा धारणा राखेका थिए । संघका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रथम उपाध्यक्ष मोतीप्रसाद श्रेष्ठले स्वागत तथा महासचिव बालकृष्ण शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । शुभकामना दिदै अध्यक्ष भान्साकार्यले भाषा संघ नेपाल जापानी… पुरा पढौ

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

कार्तिक १४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिए उनले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरे । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री… पुरा पढौ

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती

कार्तिक १४ काठमाण्डौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो । आयुर्वेदका चिकित्सक एवं यस क्षेत्रमा लागेकाले आज बिहानै भगवान् धनवन्तरीको विधिपूर्वक पूजा, आराधना गरेका थिए । धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रुपमासमेत मानिन्छ । देव र असुर मिली नागको… पुरा पढौ