देश

सुनको मुल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ । यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार… पुरा पढौ

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी… पुरा पढौ

पोखरामा भाईटीका महोत्सव सम्पन्न, १२ देशका ५६ पर्यटकले लगाए भाईटीका

पोखरा, कात्तिक १८ पोखरामा आईतबार आयोजित भाईटीका महोत्सवमा १२ देशका ५६ जना विदेशी पर्यटकले भाईटीका लगाएका छन् । नेपालीको दोश्रो ठूलो चाँड तिहारको मुख्य दिन भाईटीकाको अवसरमा होटल संघ पोखराले हरेक वर्ष आयोजना गर्दै आएको भाईटीका महोत्सवमा आज ती पर्यटकलाई सामुहिक भाईटीका लगाईएको हो । भाईटीका महोत्सवको १७ औं श्रृंखला पोखराको लेकसाईडस्थित ल्याण्डमार्क होटलमा आयोजना गरिएको थियो । महोत्सवमा ईजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापान लगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका अध्यक्ष तथा महोत्सव संयोजक… पुरा पढौ

आज तिहारको मुख्य दिन भाइटिका, दिदी बहिनीले दाजुभाईलाई भाईटीका लगाईदिदै, उत्तम साइत ११ः३७ मा

नेपालीको दोश्रो ठूलो चाँड तिहारको आज मुख्य दिन भाईटीका, प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाईटीकाको दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाईटीकाको दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाईदिन्छन् ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाईदिने प्रचलन रहेको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा… पुरा पढौ

नेपाल संवत ११४५ को स्वागतार्थ पोखरामा निकालियो भिन्तुना र्याली

पोखरा, कात्तिक १७ नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ पोखरामा बृहद भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा वागबजार तायाःमचा समितिको आयोजनामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको हो । नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी नेपाल सम्वत (नयाँ बर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना ¥याली निकालिन्छ । यसैको निरन्तरता स्वरुप यस वर्षपनि ¥याली निकालिएको हो । ¥यालीमा झाँकीसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य… पुरा पढौ

गैरकानूनी सवारी कर असुली रोक्न गृहमन्त्रालयको निर्देशन

कार्तिक १६ काठमाण्डौं । यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो । गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग/सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मंसिर १७ मा निर्णय भई… पुरा पढौ

सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिको उद्धार

कार्तिक १६ सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए । खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कंदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए ।… पुरा पढौ

‘कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ’ : अध्यक्ष नेपाल

कार्तिक १६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् । पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा आज आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए । अहिले कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिष्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ… पुरा पढौ

डिजेल र मट्टितेलको मूल्य घट्यो, यथावत पेट्रोल

कार्तिक १५ पोखरा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले… पुरा पढौ

देशभर तिहारको झिलिमिली

कार्तिक १५ काठमाण्डौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् । विशेषगरी काठमाडौँ उपत्यकासहित प्रमुख सहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन् । दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख सहर झिलिमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्ला समय बनेको छ… पुरा पढौ