देश

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

असोज २९ काठमाण्डौं । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ । आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय… पुरा पढौ

नेपाली सेनाले भन्यो: सबै नेपाली शान्ति सैनिक सुरक्षित छन

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए। “शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना… पुरा पढौ

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गरी इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले शान्ति मिसनमा खटिने सैनिकहरूमाथि इजराइली पक्षले गरेको आक्रमणको कडा निन्दा गर्दै शान्ति स्थापनामा खटिने सैनिकको सुरक्षाको प्रत्याभूति दिलाउन द्वन्द्वरत दुवै पक्षसँग आग्रह गरको छ । यसैगरी, हिंसा र आक्रमणको शृङ्खला तुरुन्त रोकी उक्त घटनाको विस्तृत छानबिनसहित सुरक्षाको प्रत्याभूति दिलाउनसमेत सम्बद्ध… पुरा पढौ

दसैँपछि पनि सुनको मूल्य बढ्यो

दसैँपछिको पहिलो कारोबारका दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरि, चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो । पुरा पढौ

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । पोखरा… पुरा पढौ

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा… पुरा पढौ

जनकपुरधाको दसैँ बजारमा तीन करोडको कारोबार

असोज २८ महेन्द्रनगर । दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्तो बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ । गत वर्ष करिब सात/आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आउनुभएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गरे… पुरा पढौ

तीन महिनामा ६ गैँडा मरे

असोज २८ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् । एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए । पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२… पुरा पढौ

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी

आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल… पुरा पढौ

पुर्व मन्त्री कुमार खड्कालाई नागरिक अभिनन्दन गरिने

पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री बन्दा पोखरा १६ को विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी भन्दा माथि उठेर जनताका प्रत्यक्ष सरोकारका विषयमा ध्यान दिएको भन्दै तुम्केमा रहेको नमुना क्लवले सोमबार विहान नागरिक अभिनन्दन गर्न लागेको क्लबले जनाएको छ।केआई सिंह पुलबाट गाडी, मोटरसाइकल र्याली सहित नागरिक अभिनन्दन गरिने र महेन्द्र गुफावाट पैदल यात्रापछि तुम्के खेल मैदानमा पुगी विशेष कार्यक्रम गरिने वताईएको… पुरा पढौ