देश

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

असोज २४ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८१’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह… पुरा पढौ

हनुमान ढोकाको दसैँघरमा फूलपाती

असोज २४ काठमाण्डौं । आश्विन शुक्ल सप्तमीका दिन आज राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो । यस वर्ष… पुरा पढौ

पोखरामा राँगाले हानेर एक जनाको मृत्यू

पोखरा, असोज २४ पोखरामा राँगाले हानेर एक जनाको मृत्यू भएको छ । राँगाको आक्रमणमा परी पोखरा महानगरपालिका वडा नम्बर–३३ स्थायी घर भई पोखरा–१७ विरौटा बस्ने धनञ्जय आचार्यको मृत्यू भएको हो । सहोदर माईला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका उनलाई राँगाले आक्रमण गरेको थियो । राँगाको आक्रमणबाट बच्न झाडीमा लुकेपनि उनी बच्न नसकेको स्थानियले बताएका छन् । स्थानियका अनुसार अपराह्न ४ बजेतिर आफूलाई राँगाले लेखेटेको र अहिले झाडीमा लुकेर बसेको छु भन्दै उनले श्रीमतीलाई फोन गरेका थिए । त्यसपछि… पुरा पढौ

घरघरमा फूलपाती भित्र्याइँदैः कालरात्रिको पूजा आराधना गरिँदै

बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई ‘कालरात्रि’ भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट… पुरा पढौ

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

असोज २३ काठमाण्डौं । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य… पुरा पढौ

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा रु एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराए । उनले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक… पुरा पढौ

दशैंको टीकाको दिन पोखराका ७ रुटमा निःशुल्क बस सञ्चालन गरिने

पोखरा, असोज २३ नेपालीको महान चाँड बडादशैंको टिकाको दिन पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ । पोखरा महानगरपालिका, स्थानिय प्रशासन र यातायात व्यवसायीहरुको सहकार्यमा पोखरामा यहि असोज २६ गते दशैंको टिकाको दिन पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । उनका अनुसार पोखराका विभिन्न ७ वटा… पुरा पढौ

मनसुन क्रमशः कमजोर हुँदै

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत… पुरा पढौ

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन… पुरा पढौ

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

असोज २२ काठमाण्डौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, “कतै धेरै क्षति भएको छभने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।” मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्यान्डको बैङ्ककमा… पुरा पढौ