देश

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा

असोज १८ काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताएकी छन् । आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताइन् । मन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभा र कतारको दोहामा आयोजित… पुरा पढौ

ने.रे.सो. उपशाखा १० को निःशूल्क परीक्षण

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा १० को आयोजनामा निःशूल्क पाठेकोघरको मुखको क्यान्सर (भीआईए) को निःशूल्क परीक्षण गरिएको छ । शुक्रबार पोखरा– १० स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा १० को सभाहलमा आयोजित कार्यक्रममा एक सय जना भन्दा बढी लाभान्वित भएको छन् । चरक मेमोरियल हस्पिटल नागढुंगाको प्राविधिक सहयोगमा भएको शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. विष्णु पालिखेसहितको प्राविधिकहरुको समुहले पाठेकोघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गर्नुका साथै क्यान्सर हुने कारण र अपनाउनुपर्ने सावधानिका बारेमा मरामर्श दिएका थिए । सो क्रममा… पुरा पढौ

जगदम्बा ट्राभल्सले थप्यो सोफा र एसीसहितको ४ वटा बस

पोखरा, असोज १८ पोखराको जगदम्बा ट्राभल्सले सोफा र एसीसहितको ४ वटा अत्याधुनिक बस थपेको छ । पर्यटकीय राजधानी पोखराबाट देशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको जगदम्बाले पोखरा–काठमाडौंका लागि २ वटा र पूर्वको धरान र विराटनगरहुँदै काकडभिट्टासम्म चल्ने रुटमा २ वटा गरेर कुल ४ वटा बस थपेको हो । सेवाग्राहीलाई उच्चस्तरको सेवा दिने उद्देश्यले थपिएको सोफा र एसीसहितको बसको प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले आज विहान उद्घाटन गरे । सुविधा सम्पन्न बसमा कफी, खाजा र पानीसहितका सुविधा दिईने सञ्चालक केशवप्रसाद अधिकारीले जानकार… पुरा पढौ

दसैँका बेला सुनको मूल्यले नयाँ रेकर्ड बनायो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो । यसअघि नेपाली बजारमा असोज ११ गते सुनको मूल्य १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो । दसैँको बेला सुनको मूल्य हालसम्मै उच्च बन्नुमा अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका कारण हो । इरान–इजरायल युद्धलगायतका कारण सुनको मूल्य वृद्धि भएको बताइएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य पनि… पुरा पढौ

कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा देशका पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्लादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही… पुरा पढौ

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ । रासस पुरा पढौ

नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ… पुरा पढौ

घारीकुलो सहकारीको साधारण सभा सम्पन्न

असोज १७ पोखरा । पोखरा महानगरपालिका वडा न १७ स्थित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । सभाको पोखरा महानगरपालिका वडा न १७ का वडा सदस्य शिबराम भण्डारीले उद्घाटन गरे । कार्यक्रममा शेयर सदस्य शालिकराम भण्डारी ,सल्लाहकार योगेन्द्र प्रसाद पराजुली ,घारीकुलो टोल बिकास संस्थाका अध्यक्ष गोबिन्द गिरि सहितले मन्तव्य व्यक्त गरे । सो अबसरमा उत्कृष्ट कारोबार गर्ने हिरा न्यौपाने , उत्कृष्ट बचतकर्ता बिमलादेबि पोख्रेल ,उत्कृष्ट कर्मचारी लेखिका पोख्रेल आचार्य सहित कक्षा बार्हमा… पुरा पढौ

यसवर्ष च्याङग्राको मूल्य घट्यो

दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए । “ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,” उनले भने… पुरा पढौ

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए । “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चाररचार मानाको दरले जौ को जमरा राखिएको छ”, उनले भने, “उपल्लो… पुरा पढौ