देश

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ८ सय रुपैयाँ बढेर तोलामा १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९३५ रुपैयाँ कायम भएको हो । पुरा पढौ

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो । झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो । दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार… पुरा पढौ

नेपालको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि हाल… पुरा पढौ

आज आश्विन कृष्ण आमावास्य, पितृपक्ष समापन गरिँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्यका दिन आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाका बुबा) को श्राद्ध भने बिहीबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भन्ने गरिएको हो । पितृपक्षको अन्तिम दिन… पुरा पढौ

बाढीपहिरोमा परी २ सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता… पुरा पढौ

जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आव्हान

असोज १५ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई आव्हान गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्य मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गरे । “यो पीडा सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,” प्रधानमन्त्री ओलीले भने, “कतिपय संरचनागत त्रुटीका कारण पनि… पुरा पढौ

विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष प्रचण्ड

असोज १५ काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । आज ललितपुर महानगरपालिका–१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उनले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । “ यस्तो दुःखको घडीमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले पनि सक्नेजति नेता कार्यकर्तामार्फत र बाँकी कामका लागि सरकारलाई आग्रह गरेर… पुरा पढौ

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

असोज १५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण विपद्ले सिर्जना गरेको विषम परिस्थितिमा राहत तथा उद्धारमा सहयोग गर्न सरकारी तथा निजी क्षेत्र सबैलार्ई आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिराले ठूलो धनजनको क्षति पु¥याएको उल्लेख गर्दै उद्धार पुनःस्थापना र पुनःनिर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले भने, “सबै राजनीतिक दल, तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, गैरसरकारी… पुरा पढौ

जिवी राईसँग मिलेर सूर्य दर्शन सहकारीको ३ करोड अपचलन गर्ने एक जना पक्राउ

पोखरा, असोज १५ सूर्य दर्शन बचत तथा ऋण सहकारी लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जिवी)सँग मिलेमतो गरी ३ करोड भन्दा बढी रकम आफ्नो खातामा हालेर अपचलन गरेको आरोपमा प्रहरीले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईलाई पक्राउ गरेको हो । पछाईलाई सोमबार पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराई चार दिन म्याद… पुरा पढौ

लेकसाईडमा भारतीय मगन्तेले पर्यटकलाई दुःख दिदै, व्यवस्थापन गर्न टान गण्डकीको आग्रह

पोखरा, असोज १५ पोखराको प्रमुख पर्यटकीय गन्तव्य लेकसाईड तथा फेवाताल किनारमा भारतीय मगन्तेले पर्यटकलाई दुःख तथा हैरानी दिने गरेका छन् । घुम्न र ट्रेकिङ गर्न आएका पर्यटकलाई ती भारतीय मगन्तेहरुले मागेर हैरान पार्नेगरेका हुन् । शुरुमा हात थापेर माग्ने र त्यसो गर्दा पैसा नदिए खुट्टा समातेर पैसा नदिएसम्म अगाडि बढ्नै नदिने गरेका छन् । जसका कारण पर्यटकहरु दिग्दार बनेका टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । यसैबीच, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले भारतीय मगन्तेले पर्यटकलाई दुःख दिएको भन्दै… पुरा पढौ