देश

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उनले जानकारी दिए। अन्तर्राष्ट्रियतर्फ पनि दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरेका… पुरा पढौ

पराजुली परिवारको आरोप : मालपोतको हाकिमले आफूहरुको जग्गा गैरकानूनी रुपमा सरकारी बनाए

पोखरा, असोज ११ देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पिएन) क्याम्पस र पराजुली परिवारले दाबी गर्दै आएको जग्गा सरकारी बनाएपछि विवाद थप चर्किएको छ । पिएन क्याम्पस र पराजुली परिवार दुबैले दाबी गर्दै आएको पोखरा महानगरपालिका वडा नम्बर–१ सेतीनदी किनारस्थित कित्ता नम्बर ८३३ को जग्गा मालपोत कार्यालय कास्कीले दुबैको दाबी नपुगेको भन्दै गत भदौ २५ गते सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । पोखरा विन्ध्यवासिनी निवासी पराजुली परिवारका जिजुबाजे पण्डित रत्नाखर पराजुलीले सम्वत १८७७ मा लालमोहरबाट प्राप्त गरी पराजुली… पुरा पढौ

सुनको मूल्यमा नयाँ कीर्तिमान

लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ । चाँदीको मूल्य भने यथावत छ । महासङ्घले चाँदीको मूल्य… पुरा पढौ

विश्व पर्यटन दिवस मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा… पुरा पढौ

देशभर मनसुनी वायुको प्रभाव, गण्डकीसहितका स्थानमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको… पुरा पढौ

अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश

असोज १० काठमाण्डौं । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्या घटनामा परेको जाहेरी र हालसम्म भएको अनुसन्धानको सक्कल फाइल पेस गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेलाई आदेश गरेको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासले आज उक्त अनुसन्धानको सक्कल फाइल पेस गर्न आदेश गरेको हो । “मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरीअनुसार अनुसन्धान कारबाही अगाडि बढाउनु भनी यस अदालतबाट पटकपटक आदेश भइसकेको परिप्रेक्ष्यमा अदालतको अन्तरिम आदेशपश्चात् हालसम्म अनुसन्धानको कारबाही… पुरा पढौ

देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो :अध्यक्ष प्रचण्ड

असोज १० काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गरेका छन् । पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेगरी लाग्नुपर्ने बताए । सरकारको नेतृत्व गर्दा ठूलाठूला भ्रष्टाचार र अनियमितताका विरुद्ध जेहाद नै छेडेको दाबी गर्दै उनले बाँसबारी जग्गा प्रकरण, बालुवाटार जग्गा… पुरा पढौ

कास्की प्रशासन कार्यालय अगाडि पेट्रोल पम्प बनाउने सम्बन्धमा कारण देखाउ आदेश जारी

पोखरा, भदौ ९ जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पेट्रोल पम्प बनाउने सम्बन्धमा उच्च अदालत पोखराले कारण देखाउ आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल राष्ट्र बैंक, जिल्ला कारागार कास्कीसहितका सरकारी कार्यालयहरुजस्ता संवेदनशिल क्षेत्र नजिकै नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषको लगानीमा पेट्रोल पम्प निर्माण गरिन थालेपछि त्यसबिरुद्ध परेको रिट निवेदन उपर विहीबार कारण देखाउ आदेश जारी भएको हो । अदालतले प्रहरी र निवेदकलाई छलफलका लागि यहि असोज १५ गते बोलाएको छ । सोहि छलफलपछि अन्तरिम आदेश… पुरा पढौ

‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी ल्याइयो

नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका प्रहरीले जनाएको छ । जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की छन्… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन

राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल उद्घाटन गर्न आउनुभएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेलले नारायणी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी स्किम… पुरा पढौ