देश

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले ओरालो लागेर सात सय ४७ दशमलव ४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो… पुरा पढौ

साङ्केतिक भाषाको विकासमा जोड

साङ्केतिक भाषाको विकास हुन नसक्दा सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी, दोभाषे सेवा, राज्यको स्रोतसाधन तथा सेवासुविधाबाट वञ्चित हुनुपरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिमा समेत प्राथमिकतामा परेको नेपाली साङ्केतिक भाषा अनुसन्धान तथा विकास केन्द्रको स्थापना हुन नसक्दा पनि सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति राज्यको सेवासुविधाबाट वञ्चित हुनु परेको राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । बहिरा समुदाय साङ्केतिक भाषाको माध्यमबाट सञ्चार गर्ने भाषिक अल्पसङ्ख्यक समुदाय हो । सञ्चारमा अवरोध उनीहरूको पहिलो सवाल हो ।… पुरा पढौ

नेपालमा किन बढ्दै छ सुनको भाउ ? सुनको भाउमा नयाँ किर्तिमानी

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । यसैगरि , चाँदीको मूल्य भने आज… पुरा पढौ

विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनी सडक महोत्सव

नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि वाराही चोकसम्म एकदिने सडक महोत्सव गर्न लागेको हो । महोत्सवमा बाजा गाजासहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने महोत्सवका संयोजकसमेत रहेका रेवानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए । ‘सडक मै खाउँ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको… पुरा पढौ

आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ । आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको… पुरा पढौ

सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना… पुरा पढौ

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैै छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् ।सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही… पुरा पढौ

पोखराबाट १०३ च्याङ्ग्रा चोरेर फरार फकिर पक्राउ

१०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ हाल पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर हुन । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–४ बाट सोमबार पक्राउ गरेको हो । फकिरसहित तीन जना मिलेर ४२ लाखमा च्याङ्ग्रा खरिद गर्ने पक्का गरी रकम पोखरा गएपछि दिने भनि च्याङ्ग्राधनी ताक्ला गुरुङलाई समेत पोखरा ल्याइएको थियो । पोखराको ड्यामसाइडस्थित होटलमा सुतेको अवस्थामा च्याङ्ग्रासहितको गाडी लिएर फकिर फरार भएका थिए… पुरा पढौ

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ । साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८… पुरा पढौ

देशका अधिकांश भागमा बदली

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने… पुरा पढौ