देश

जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ

असोज ७ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउनेदेखि समाजलाई सुसूचित गर्न सञ्चार क्षेत्रले जोखिममा रहेर पनि काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाले आज आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले बेथिती र विसङ्गतिविरुद्ध आवाज उठाउने पत्रकारिता क्षेत्रको संरक्षण गर्न राज्यले ध्यान दिइरहेको बताए । “न्यूनतम पारिश्रमिकसमेत नपाउने स्थिति झेलेर पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेका छन्, पत्रकार हरेक हिसाबले जोखिममा छन्, यद्यपि, आफ्नो जिम्मेवारी पूरा… पुरा पढौ

समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे

असोज ७ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यमार्फत समाजलाई विशिष्ट रुपमा देखाउन सकिने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रुपमा स्थापित भएको बताए । “साहित्यले अप्ठ्याराकाबीच आशाका सञ्चार गर्छ, समाजमा पुनःजागरण र जागृतिको आवश्यकता रहेकाले यसमा साहित्यकारले योगदान गर्न सक्छन्, बिपी कोइरालाले आत्मवृत्तान्तमा धेरै व्यावहारिक मान्छे भावुक जति पवित्र हुँदैन भनेका छन् ।… पुरा पढौ

भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

असोज ७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५ औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गरेका हुन् । “राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र नभई राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई… पुरा पढौ

रविलाई पक्राउ पुर्जी जारी भएको हो ? कि बजार हल्ला मात्र ?

पोखरा, असोज ७ सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको देशव्यापी हल्ला छ । तर अदालत र प्रशासन यसबारे तैँचुपमैचुप छन् । अदालत श्रोतका अनुसार रविलाई पक्राउ गर्न आईतबारै पक्राउ पुर्जी जारी भइसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ । यसको पुष्टि भने भइसकेको छैन… पुरा पढौ

अदालतले दियो छविलाललाई हिरासतमा थप ५ दिन राखेर अनुसन्धान गर्न अनुमती

पोखरा, असोज ७ सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आईतबार काठमाडौंबाट पक्राउ गरेर सोहि दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराईएको थियो । जोशीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी… पुरा पढौ

रविलाई पक्राउ पुर्जी जारी भए-नभएकोबारे अदालत र प्रशासन तैचुपमैचुप

पोखरा, पोखरा, असोज ७ सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको हल्ला छ । तर अदालत र प्रशासन यसबारे तैचुपमैचुप छन् । अदालत श्रोतका अनुसार रविलाई पक्राउ गर्न आईतबारै पक्राउ पुर्जी जारी भइसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ । यसको पुष्टि भने भइसकेको छैन ।… पुरा पढौ

केयर मार्क हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन

पोखरा ६, असोज, केयर मार्क हस्पिटल लेकसाईड पोखराको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ । हस्पिटलको प्रथम बार्षिकोत्सवको अवसरमा आईतबार आयोजित रक्तदान कार्यक्रमको पोखरा–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता सृष्टि शाही ठकुरीलाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टराईले हस्पिटलले रक्तदान कार्यक्रम आयोजना गरेर सामाजिक उत्तरदायित्वप्रति जवाफदेही बनेको बताए । उनले हस्पिटलको सेवापनि गुणस्तरिय रहेको भन्दै प्रशंसा गरे । हस्पिटलका मेडिकल डाईरेक्टर डा.शंकर पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको… पुरा पढौ

महिला उद्यमी संघ कास्कीको साधारण सभामा महिला उद्यमीहरु सम्मानित

पोखरा, असोज ६ महिला उद्यमी संघ नेपाल,कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ । संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ । त्यस्तै, गण्डकी प्रदेश सभाकी संस्थापक सदस्यसमेत रहेकी पोखराको सबैभन्दा पुरानो हङकङ व्यूटी ईन्ष्टिच्यूटकी सञ्चालिका मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालिका सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका… पुरा पढौ

राधिकाको हत्यारालाई सजाय घटाउन चलखेल भइरहेको पीडित परिवारको आरोप

पोखरा, असोज ६ पोखराका श्रीमती हत्याको अभियोग लागेका जहरसिंह कुँवरलाई उन्मुक्ति दिन खोजिएको पीडित परिवारले आरोप लगाएको छ । पीडित परिवारले व्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की शाखा र लेखनाथ शाखाको आयोजनामा पोखरामा पत्रकार सम्मेलन गर्दै पद र पैसाको प्रभावमा पारेर श्रीमती हत्या अभियोग लागेका कुँवरलाई सजाय कम गर्न खोजेको आरोप लगाएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय कुँवरले गत भदौ २६ गते आफ्नै श्रीमती ४० वर्षीया राधिका कुँवरका हत्या गरेका थिए… पुरा पढौ

प्रत्यक्ष निर्वाचित राष्ट्रपति समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष प्रचण्ड

असोज ५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल ट्रेड यूनियन महासङ्घले आज आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा फरक मतका रुपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताए । वर्तमान संविधानमार्फत जनताले पाएका अधिकार केही शक्तिलाई मननपरेको टिप्पणी गर्दै अध्यक्ष उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खाजेको आरोप लगाए ।… पुरा पढौ