देश

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

भदौ २२ काठमाण्डौं । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी पर्व मनाइएको हो । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले हरितालिका (तीजको व्रत) पारायण गरी… पुरा पढौ

प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

भदौ २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा आज २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित पुरस्कृत गरेका हुन् । उत्कृष्ट कर्मचारीमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, मानबहादुर खड्का, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी,… पुरा पढौ

आज गणेश चतुर्थी मनाइँदै

भदौ २२ पोखरा । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । पुरा पढौ

वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ काम गर्दैछौं : शिक्षा मन्त्री भट्टराई

भदौ २० काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले काम थालेको बताएकी छन् । वैदेशिक अध्ययनको सवालमा देशमा गुणस्तरीय उच्च शिक्षा वातावरण निर्माणमा भएका नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयन सहित आवश्यक नयाँ ऐन र कानूनको पहिचान गरेर कार्ययोजना बनाउन लागिएको जानकारी दिइन् । मन्त्री भट्टराईले यो कुरा बिहीबार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरकृयामा बताइन् । रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई पूर्व जानकारी र सचेतना प्रदान गरेर… पुरा पढौ

बाटुलेचौर तीज मेलाको अवसरमा पोखरा-१६ द्वारा व्यक्ति र उत्कृष्ट विद्यालयलाई सम्मान

पोखरा २० भदौ पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्राडा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र व.वानियाँ, डा अर्जुन वानियाँ, प्राडा धुर्व व. कार्की,डा श्रीराम आचार्य,डा निशा वराल, डा सुरेश पौडेल, डा प्रज्ञा गौतम,डा उत्तम थापा,डा विदुर देवकोटा,डा गौतम गुरुङ,डा… पुरा पढौ

गण्डकी प्रदेश सभा बैठक भदौ २६ गतेका लागि बोलाइयो

पोखरा, भदौ २० गण्डकी प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि बस्ने भएको छ । गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गतेका लागि बोलाइएको हो । गण्डकी प्रदेश सभा सचिवालयले भदौ २६ गतेका लागि बैठक बोलाइएको जनाएको छ । गत असार २६ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । त्यसपश्चात बैठक बस्न सकेको थिएन । तर अहिले गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सामेल भएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैठक बोलाउन सचिवालयलाई भनेका हुन्… पुरा पढौ

आज दर खाने दिन

आजदेखि तीज शुरु भएको छ । माइतीले आजको दिन चेलीबेटीलाई बोलाएर मीठामीठा परिकार दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ… पुरा पढौ

एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजना सचिवालय बैठकले टुङ्ग्याउने

भदौ १९ काठमाण्डौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिएका थिए । सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूयाङ्कन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाएका थिए । “पारदर्शी ढङ्गबाट एउटा… पुरा पढौ

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

चितवन जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए। उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान… पुरा पढौ

आजको मौसम: देशको केही स्थानमा हल्का, कतै भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा बाँकी… पुरा पढौ