देश

इरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमा

साउन २२ काठमाण्डौं । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको हारको बदला लिँदै नेपालले इरानविरुद्ध शानदार जित दर्ता ग¥यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५–२१ ले पराजित ग¥यो । इरानसँग १–५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अङ्क जोडदै नेपालले अग्रता लिएको… पुरा पढौ

सङ्घीयता कार्यान्वयनसँगै जनतामा सेवा प्रवाह र निराशा चिर्न ठूला दलबीच सहकार्य : प्रधानमन्त्री ओली

साउन २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवाप्रवाह र निराशा चिर्नका लागि दुुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट पारे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बागमती प्रदेशका नवनियुक्त मुुख्यमन्त्री बहादुुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले सङ्घीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गरे । “देशको विषम परिस्थितिलाई आत्मसात् गरीे नेपाली कांग्रेस र नेकपा (एमाले)बीच समीकरण भएको हो । यो समीकरण भागबण्डा र नियुक्तिका… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ । कुल पाँच करोड ३८ लाख… पुरा पढौ

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

काठमाडौँ । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार… पुरा पढौ

आज देशभर वर्षा

काठमाडौँ । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।… पुरा पढौ

बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

साउन २१ काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिइकी छन् । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् । सो अवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराएको… पुरा पढौ

काभा महिला भलिबल : नेपालले मल्दिभ्सलाई हरायो

साउन २१ काठमाण्डौं ।काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजितगरेको हो । नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित ग¥यो । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो । नेपालले सेमिफाइनलमा इरानसँग… पुरा पढौ

नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार

काठमाडौँ । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार… पुरा पढौ

संविधान संशोधन अग्रगमन र समृद्धिका लागि : प्रधानमन्त्री ओली

साउन २० काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रमगन र समृद्धिका लागि संविधान संशोधन गराउने बताएका छन् । नेकपा (एमाले)ले हालै मनोनीत गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोशिस भएको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताए… पुरा पढौ

बीमाको लोभले पोखराको लेकसाईडको सपिङ सेन्टरमा आगो लगाउने प्रहरी फन्दामा

पोखरा, साउन २० पोखरामा एक पसल सञ्चालकले वीमाको लोभमा परेर आफ्नो पसलमा आफैले आगो लगाएका छन् । स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर(४ घर भई पोखरा(१७ विरौटा बस्ने सुजन विकले वीमा रकम पाउने लोभमा परेर आफ्नै मदिरा, कस्मेटिक र ग्रोसरी पसलमा आफैले आगो लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो । उनले साथी पवन नेपालको सहयोगमा आगो लगाएको प्रहरी अनुसन्धानले पुष्टि गरेको कास्की प्रहरीले आइतबार अपराह्न पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । विकले पोखरा(६ लेकसाईडमा सञ्चालन गरेको मुक्तिनाथ सपिङ सेन्टर साउन… पुरा पढौ