देश

नतिजा देखिनेगरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

साउन १७ काठमाण्डौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । मन्त्रालयमा आज काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनसहितको समूहसँग भएको भेटमा उनले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने र छिट्टै नतिजा देखिने बताए । “स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो सुनिएको छ । चाँडै नतिजा देखिनेगरी मन्त्रालयले… पुरा पढौ

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण

साउन १७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा बुधबार विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त… पुरा पढौ

पोखरामा कपास उद्योगमा आगलागी, २२ लाखको क्षेती

पोखरा, साउन १७ पोखरामा विहीबार कपास उद्योगमा आगलागी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–३ तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालनमा गरेको कपास उद्योगमा विहीबार पूर्वाह्न ११ः१० बजे अचानक विद्युत सर्ट भएर आगलागी भएको हो । ब्लकको गारो र टिनको छानो भएको ३ कोठे भुईंतले भवनमा भएको आगलागीका कारण करीब २२ लाख रुपैयाँको क्षेती पुगेको प्रारम्भिक अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कास्कीबाट २५ जना र वडा प्रहरी कार्यालय बगरबाट १७ जनाको टोली खटिएको कास्कीका… पुरा पढौ

टान गण्डकीले दियो एक दिने हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी तथा भिडियोग्राफी तालिम

ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल(टान) गण्डकीले व्यवसायीलाई फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा टान गण्डकीले संस्थामा आबद्ध कम्पनी सञ्चालकहरुलाई हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी र भिडियोग्राफी तालिम दिइएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । तालिममा हिमाल पदयात्रा पर्यटनका क्रममा फोटो र भिडियो कसरी खिच्ने भन्नेबारेमा तालिम केन्द्रीत रहेको उनले बताए । तालिमले हिमाल पदयात्रामा… पुरा पढौ

नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अङ्कले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१… पुरा पढौ

‘डुलुवा’ टोली कन्याकुमारी प्रस्थान

पोखरा, साउन १७ पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली आज भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । पोखरा महानगरपालिका, नेपाल पर्यटन वोर्डलगायतको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि भारत हिंडेको टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले विदाई गरे । नेपालको कास्कीदेखि भारतको कन्याकुमारीसम्मको भ्रमणलाई ‘केटुके’ नाम दिइएको पर्यटन प्रवद्र्धनात्मक… पुरा पढौ

सभामुखद्वारा संसदीय समिति सभापतिसँग परामर्श

साउन १६ काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई समितिमा रहेका विभिन्न विधेयकलाई कार्ययोजना बनाएर समयमा नै टुङ्ग्याउन निर्देशन दिएका छन् । प्रतिनिधिसभा मातहतका विभिन्न समितिका सभापतिसँग आज भएको छलफलमा उनले सदनलाई प्रभावकारी तुल्याउनका लागि विजनेश दिलाउन समितिमा भएका विधेयकलाई गहिरोसँग छलफल यथाशीघ्र टुङ्ग्याउने कार्यमा सक्रियताका साथ लाग्न सुझाव दिए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले सभामुखबाट समितिमा के–कति विधेयक छ ? छलफलको अवस्था कस्तो छ ? कहिलेसम्म टुङ्गोमा पु¥याउन सकिन्छ ?… पुरा पढौ

कारागारको भौतिक संरचना थप गर्न आवश्यक छ : गृहमन्त्री लेखक

साउन १६ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताए । “बन्दी र कैदीका रुपमा कारागारमा रहेकाहरुको मानव अधिकारको पूर्ण रुपमा संरक्षण गरिनेछ”, मन्त्री लेखकले भने, “त्यहाँको स्थिति सुधार गर्ने तथा सुविधा… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा बागमती, लुम्बीनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

साउन १६ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपतिको कायालयले जनाएको छ । यसअघि साउन १४ गते सरकारले बागमती प्रदेशका यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को बैठकको निर्णय… पुरा पढौ

प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित

काठमाडौ ।नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन् । समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए । १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए । यसैगरी २० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए । समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि समान २–० सेटको हार ब्यहोरेका थिए । यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी सात जना खेलाडीमध्ये… पुरा पढौ