देश

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःसुरु भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गर्नुभएको थियो । पुनः सुरू भएको बैठकमा पनि कांग्रेस सांसदको वेल घेराउ र नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । कांग्रेसले सहकारीको रकम अपचलनमा… पुरा पढौ

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन । नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन। प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन। उक्त विश्वासकोे मतसम्बन्धी… पुरा पढौ

पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्प सुरु

जेठ ६ पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आजदेखि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुरु भएको छ । लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभाकक्षमा तीन दिनसम्म सञ्चालन हुने मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रममा महानगरप्रमुख आचार्यले कार्यक्रममा युवाहरूले प्रस्तुत गर्ने हरेक आइडियाहरू समाजको उन्नयनका लागि प्रेरक बन्न सक्ने बताए । अघि सारिएका आइडियाहरूलाई थप परिष्कृत गर्दै जानुपर्नेमा जोड दिँदै उनले महानगरपालिकाले युवाहरूको उद्यमशिलता अभिबृद्धिका लागि यस किसिमका कार्यक्रमलाई… पुरा पढौ

सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने

जेठ ६ काठमाण्डौं । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवद्र्धक नियुक्त गर्न लागेको हो । मन्त्रालयको पर्यटन प्रवद्र्धन शाखाले आज सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यविधि, २०७९ बमोजिम नियुक्ति भएका देश/प्रान्त/सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवद्र्धन नियुक्ति गर्ने कार्यक्रम तय भएकाले मापदण्ड पुगेका इच्छुक सगरमाथा आरोहीलाई सात दिनभित्र पर्यटन प्रवद्र्धन शाखामा निवेदन पेस गर्न आग्रह गरेको छ ।… पुरा पढौ

प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै

काठमाडौँ ६ जेठः प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार बजेका लागि निर्धारण भएको थियो । दोस्रोपटक निर्धारण गरिएको समयभन्दा करिब दुई घण्टा ढिलोगरी बैठक शुरु भएको हो । प्रतिनिधिसभोको बैठक आज बिहान ११ बजे बस्नेगरी तय भएकोमा दलहरुबीच संसदीय छानबिन समितिको कार्यादेशमाथि सहमति जुट्न नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । त्यो अवधिमा पनि दलहरुबीच सहमति नजुटेपछि दोस्रोपटक सारेर साढे ४ बजेका लागि निर्धारण गरिएको… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ । रासस पुरा पढौ

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको… पुरा पढौ

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

जेठ ५ काठमाण्डौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार छानबिन समितिको कार्यादेश (टिओआर) भोलि आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ । “सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो ।… पुरा पढौ

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

जेठ ५ काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् । कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा उनले देशभित्र राजनीतिक सङ्कटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए । देशभित्र आर्थिक सङ्कट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उनले आग्रह गरे । “देशमा राजनीतिक सङ्कट छैन । राजनीतिक सङ्कट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको… पुरा पढौ

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

जेठ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे । “प्रमुख प्रतिपक्षी दल र सत्तासमीकरणका साझेदार प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “भोलिसम्म सदनको अवरोध हट्नेछ ।” यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले… पुरा पढौ