देश

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ । यसैगरि ,चाँदीको मूल्य… पुरा पढौ

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन् । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ । हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ । पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ… पुरा पढौ

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन। प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२)… पुरा पढौ

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका… पुरा पढौ

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छः अध्यक्ष ओली

जेठ ३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । मदन–आश्रितको ३१औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए । आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको… पुरा पढौ

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

जेठ ३ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गरेको जानकारी गराउँदै समय दिएका थिए तर कांग्रेसले विरोध जारी राखेपछि बैठक… पुरा पढौ

पोखरा महानगरको बेरुजू असुलउपर गर्न सार्वजनिक लेखा समितिको निर्देशन

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरको बेरुजू असुलउपर गर्न कार्यपालिकालाई निर्देशन दिएको छ । समितिको विहीबार बसेको बैठकले पोखरा महानगरपालिकामा देखिएको बेरुजू जसको नाममा देखिएको हो उसैबाट असुलउपर गर्न निर्देशन दिएको हो । समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा विहीबार बसेको बैठकमा महानगरमा देखिएको बेरुजू असुलउपर गर्नेबारे छलफल भएको थियो । छलफलमा समितिका सबै सदस्यहरुले बेरुजूका कारण पोखरा महानगरको बदनामी भएको र यसले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै तत्काल बेरुजू असुलउपर गर्नुपर्नेमा जोड दिए । उनीहरुको एउटै धारणा… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता शेयर रु चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन मूल्य बराबर… पुरा पढौ

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो । बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ । रासस पुरा पढौ

वाङ्मयका अग्ला साधक छोटा

प्रेम छोटाले जीवनमा एउटै मात्र नाटक खेले । तर त्यही नाटकले दिएको नामले भने उनलाई कहिल्यै छोडेन । उनको खास नाम प्रेमप्रसाद श्रेष्ठ हो । नेपाली वाङ्मय वृत्तमा भने प्रेम छोटाले चिनिन्छ । विसं २०१४ तिरको कुरा हो । बागलुङका कलाप्रेमी युवाहरुले नाटक ‘मनोमानी’ मञ्चन गरे । जुन नाटकमा एकै नामका दुई पात्र थिए । एउटा हवल्दारको भूमिका निभाउने प्रेमप्रसाद श्रेष्ठ अर्का बाल पात्र प्रेमप्रसाद श्रेष्ठ । हवल्दार बनेका प्रेमप्रसाद अग्लो, बाल कलाकार प्रेमप्रसाद यसै पनि होचो कदको थिए ।… पुरा पढौ