देश

नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार खोज्दै उद्योमी रचना श्रेष्ठको टोली अष्ट्रलियामा

नेपाल प्राकृतिक रुपमा सुन्दर मात्रै छैन् यहाँका विविधताले पनि यसलाई थप सुन्दर बनाएर सुनमा सुगन्ध थप्ने काम गरेको छ । विभिन्न जातजाति,यहाँका विभिन्न समुदायका रहनसहन र संस्कार,भेषभुषा,भाषाशैली र आत्मियता नेपाल र नेपालीको पहिचान र विशेषताका पक्ष हुन् । समय परिस्थितीहरु बदलिएर अहिले हरेक परिवेशले नयाँ आकार सिर्जना भएको छ र त्यो हुन पनि जरुरी छ । तर विगतलाई हेर्ने हो भने नेपालीहरु बुद्धिमान र मेहनती पनि छन् भन्ने पुष्टि हुन्छ,जहाँ अन्न पिस्न पानीघट्ट,ढिकीजाँटो,कागतीबाट चुक निकाल्न कोल र काठका ठेकाठेकी,अल्लो धागोबाट… पुरा पढौ

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रीमण्डल विस्तार, आजै ५ मन्त्रीले लिए सपथ

जेठ ४ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्त गरेका हुन् । यसैगरी मुख्यमन्त्री कार्कीले सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री र बन्दना झाँगरलाई पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री… पुरा पढौ

ज्येष्ठ नागरिकको हकमा वीमाको प्रथम विन्दु हटाउन निवृत्त राष्ट्रसेवक समाजको माग

पोखरा, जेठ ४ निवृत्त राष्ट्रसेवक समाजले ज्येष्ठ नागरिकको हकमा वीमाको प्रथम विन्दु हटाउन माग गरेको छ । समाजले ज्येष्ठ नागरिकको वीमा सरकारले स्वतःरुपमा गर्ने र त्यो वीमा स्थानिय तहमा हुनेहुँदा प्रथम विन्दुका कारण सेवाग्राहीले झञ्झट बेहोर्नुपरेको भन्दै सो प्रावधान हटाउन माग गरेको हो । सेवाग्राही ज्येष्ठ नागरिक सहरमा बस्छ,समाजका अध्यक्ष ध्रुवराज अधिकारीले भने,‘उनीहरु केहि भएर स्वास्थ्य जाँच गराउन जाँदा प्रथम विन्दुको रिफर माग्छ । सहरमा बसेकालाई रिफरर ल्याउनका लागि गाउँ पुग्नुपर्ने हुन्छ । यो अव्यवहारिक भएकाले हटाउनुपर्छ ।’ समाजले सार्वजनिक… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भोलि पोखरामा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने

पोखरा, जेठ ४ पोखरामा भोलि राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर–१७ र कास्की जिल्ला साइक्लिङ संघको सह–आयोजनामा भोलि पोखरामा राष्ट्रिय साइकल दौड प्रतियोगिता आयोजना हुने भएको हो । साईक्लिङ खेलको माध्यमबाट खेल पर्यटनको विकास र खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यले हुने साइकल दौड प्रतियोगिता पुरुषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरको हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर,… पुरा पढौ

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताए । उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिए । “तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेशनमा… पुरा पढौ

विद्यालयमा एकजना पनि विद्यार्थी छैनन्,चार शिक्षकलाई दिन कटाउनै मुस्किल

ढोरपाटन । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ । यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए ।… पुरा पढौ

प्रतिनिधिसभाको बैठक यही जेठ ६ गते बस्ने गरि स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ । यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो । तर विशेष कारणले… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ । यसैगरि ,चाँदीको मूल्य… पुरा पढौ

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन् । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ । हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ । पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ… पुरा पढौ

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन। प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२)… पुरा पढौ