देश

सुनको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसैगरि , चाँदीको मूल्य पनि… पुरा पढौ

आज दिउँसो देशभर आंशिक बदली हुने

हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मुख्यतया मौसम सफा र रहेको छभने कोशी ,मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना… पुरा पढौ

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

जेठ ७ काठमाण्डौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बताएका छन् । काठमाडौँमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा उनले दलहरुबीच एक मत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गरे । “दलहरुबीच कतिपय मुद्दामा सहमतिबाट निकास निकाल्न जरुरी छ, एक–दुई दलले चाहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा हुँदैन, सबैको सहमति चाहिन्छ,” उनले भने । आफ्नो पार्टीले… पुरा पढौ

चालु आर्थिक वर्षको १० महिनामा तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

जेठ ७ काठमाण्डौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियोभने रु एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो । विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार… पुरा पढौ

छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्धन गरेर फर्किए पोखरा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु

पोखरा, जेठ ७ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्धन गरेर फर्किएका छन् । सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्व तथा सल्लाहकार एवम् पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य प्रेमप्रसाद सुवेदीको समन्वयमा गएको टोली बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिमहुँदै स्याङ्जामा व्यापार प्रवर्धन गरेर पोखरा फर्किएको हो । उद्योग व्यवसाय प्रवर्धन र उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले जेठ ३ गतेदेखि ७ गतेसम्म… पुरा पढौ

नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च

यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ । हिजो आइतबार नेप्से परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेकामा आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ को बिन्दुमा कायम भएको छ । आज तीन सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता शेयर ८० हजार नौ सय ८२ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब… पुरा पढौ

सेवा प्रभावकारी नभएको गुनासो आएपछि पोखरा महानगरको सामाजिक विकास महाशाखामा सार्वजनिक लेखा समितिको अनुगमन

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा सार्वजनिक लेखा समितिले अनुगमन तथा निरीक्षण गरेको छ । सामाजिक विकास महाशाखाले गर्ने सेवा प्रभावकारी नभएको भन्ने सेवाग्राहीको गुनासो आएपछि पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले सोमबार अनुगमन तथा निरीक्षण गरेको हो । निरीक्षणका लागि लेखा समितिका पदाधिकारी तथा सदस्यहरु कार्यालय शुरु हुने समय विहान १० बजे नै सामाजिक विकास महाशाखामा पुगेका थिए । तर केहि कर्मचारीहरु भने कार्यालय समय शुरु भएको १०/१५ मिनेट ढिला गरेर पुगेका थिए । अनुगमनका क्रममा कर्मचारीहरु कार्यालय… पुरा पढौ

प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उहाँले चौथौपटक विश्वासको मत प्राप्त गरेका छन । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ । यसैगरि, चाँदीको मूल्य पनि आज तोलामा रु ३०… पुरा पढौ

कांग्रेसको अवरोध असंसदीय: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सदनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेकामा चिन्ता व्यक्त गर्दै प्रतिपक्षी कांग्रेसले गरेको उक्त कार्य गलत भएको टिप्पणी गरे । “विपक्षीलाई समेत सहमतिकम लिएर आफू अगाडि बढ्न खोजिरहेको अवस्थामा तपाईंहरुले जुन खालको व्यवहार प्रदर्शन गर्नुभएको छ, यो गलत गर्नुभएको… पुरा पढौ