देश

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा

जेठ २ काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएसँगै क्यानले उनी विरुद्धको निलम्बन फुकुवा गरेको हो । यससँगै लामिछानेको अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टि–ट्वान्टी विश्वकप खेल्न सम्भावना बढेको छ । उच्चअदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले त्रिकेटर लामिछानेलाई आज सफाइ दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातदेखि लागु हुने गरि पोट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको छ । मूल्य घटेसँग अब पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पर्ने भएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९… पुरा पढौ

प्रधानमन्त्री, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

जेठ २ काठमाण्डौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउने लगायतका विषयमा छलफल भएको हो । भेटका क्रममा आफूविरुद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली समक्ष कुरा राखेको उपप्रधानमन्त्री लामिछानेले जानकारी दिए । “म माथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह

जेठ २ काठमाण्डौं । नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई हप्तादेखि भइरहेको अनसनका माग सम्बोधन र प्रहरीबाट भएको धरपकड रोक्न आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गर्दा संयोजक विकास थापालगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्ति पक्राउ परेका उल्लेख गर्दै त्यसमा पार्टीको प्रहरीलाई आन्दोलनको सम्मान गर्न नेपाली कांग्रेस… पुरा पढौ

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली

जेठ २ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण छैन भने । उनले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताए । “आरोपित व्यक्ति पहिले… पुरा पढौ

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक… पुरा पढौ

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य

काठमाडौँ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्राँै योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो । योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राँै योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनको अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पु¥याउने लक्ष्य छ । उहाँका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी… पुरा पढौ

नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ : गृहमन्त्री लामिछाने

जेठ १ काठमाण्डौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज प्रस्तुत नीति तथा कार्यक्रमको टिप्पणी गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले यसमा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै धेरै नयाँ विषय समावेश भएको बताएका हुन् । “विभिन्न मन्त्रालयअन्तर्गत नयाँ कुरा राखिएको छ । यसको अर्थ पुराना कुरा छैनन् भनेको हैन, कतिपयको निरन्तरता छ । तर धेरै विषय नयाँ आएका छन । मूल कुरा यी सबै कार्यान्वयन गर्नेमा ध्यान… पुरा पढौ

राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

जेठ १ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो । सो बैठकमा सभाध्यक्षले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १.१५ बजे बस्नेछ ।… पुरा पढौ

सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : प्रमुख प्रतिपक्षी कांग्रेस

जेठ १ काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो पार्टीका नेता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको भनाइ र गराइमा आकाश जमिनको फरक रहेको टिप्पणी गरे । “ सरकारको भनाइ एकातिर छ, गराइ ठीक उल्टो छ । त्यसैले यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा… पुरा पढौ