देश

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको… पुरा पढौ

आजको मौषमः आज कुन कुन स्थानमा हुर्दैछ वर्षा ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का… पुरा पढौ

आजको मौषम यस्तो छ…..

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना… पुरा पढौ

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ। यो प्रत्येक बर्षको बैशाख कृष्ण औंसीका दिन मनाईन्छ। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै… पुरा पढौ

तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

वैशाख २५ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन् । त्रिविद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिएकी हुन् । त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उनले निर्देशन दिइन् । त्यस्तै, त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताइन् । सो अवसरमा… पुरा पढौ

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

वैशाख २५ काठमाण्डौं । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१… पुरा पढौ

संसदको अवरोध हटाउन सभामुख घिमिरेले बोलाएको बैठक निष्कर्ष विहिन

वैशाख २५ काठमाण्डौं । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताएका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताए । सभामुख घिमिरेले भने, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन ।… पुरा पढौ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की सेक्रेटरीमा उमेश सिके

पोखरा, बैशाख २५ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की सेक्रेटरीमा उमेश सिके चयन भएका छन् । सो पार्टीको गण्डकी प्रदेशको पहिलो बैठकले पोखरा–३ नदीपुर निवासी सिकेलाई कास्की सेक्रेटरीको जिम्मा दिने निर्णय गरेको हो । बैठकले आस्था सी लाई कास्की ईञ्चार्जको जिम्मेवारी तोकेको सेक्रेटरी उमेश सिकेले जानकारी दिए । त्यस्तै, बैठकले बागलुङ जिल्ला ईञ्चार्जमा आजाद सी, म्याग्दी ईञ्चार्जमा अविरल सी, स्याङ्जा ईञ्चार्जमा उभार सी, पर्वत ईञ्चार्जमा सुशीला सी, मुस्ताङ ईञ्चार्जमा आकाश सी, तनहुँ ईञ्चार्जमा निशान सी, नवलपुर ईञ्चार्जमा… पुरा पढौ

मैले गर्दा हुने भए लेखनाथलाई भर्खरै छुट्टै पालिका बनाईदिन्थेँ : मुख्यमन्त्री अधिकारी

पोखरा, बैशाख २५ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लेखनाथलाई छुट्टै पालिका बनाउन सकिने भए आफूले भर्खरै निर्णय गरिदिने बताएका छन् । लेखनाथ क्षेत्रलाई पोखरा महानगरपालिकामा गाभेपछि असन्तुष्ट बनेकाहरुले छिटपुट विरोधको आवाज निकालिरहेका बेला मुख्यमन्त्री अधिकारीले नेपाल कृषि अनुसन्धान परिषदको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै लेखनाथ छुट्याउनुपर्छ भनेर आन्दोलन गरिरहेकाहरुलाई बल पुग्नेगरी अभिव्यक्ति दिएका हुन् । कुन क्षेत्रलाई कता लैजाँदा जितिन्छ भन्ने नेताहरुको क्षेणिक स्वार्थले लेखनाथलाई पोखरामा गाभिदा लेखनाथको दीगो विकासमा गम्भीर असर परेको भन्दै उनले… पुरा पढौ

बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गरेका छन् । उनले चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गई कार्य… पुरा पढौ