देश

बाइस महिनामा पनि बनेन दुई किमी सडक

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ । निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको जिम्मा लिएको थियो । समयमा काम पूरा हुन नसक्ने देखिएपछि ठेक्का म्याद आउँदो चैतसम्म थप… पुरा पढौ

पोखरा सर्वेश्वर मार्गका व्यवसायी व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरु जाने

पोखरा, बैशाख २९ पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरु व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरुको भ्रमणमा जाने भएका छन् । चिप्लेढुंगादेखि सर्वेश्वर मार्ग, पराजुली मार्ग हुँदै गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको अगुवाईमा त्यहाँका व्यवसायीहरु व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरुको भ्रमणमा निस्कन लागेका हुन् । सातामा सातै दिन व्यवसाय खोल्न थालेका व्यवसायीहरु व्यापार प्रवद्र्धनका लागि कास्कीको उत्तरी क्षेत्र पर्वतको कुश्मा, म्याग्दीको बेनी, बागलुङ, गलकोट, हटियाहुँदै पूर्वी रुकुमका विभिन्न क्षेत्र पुग्ने समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले… पुरा पढौ

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गदै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए। भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए । दुई सञ्चालन… पुरा पढौ

१० जना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए। कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रोप फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो । “उनीहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल भए, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली… पुरा पढौ

लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा वर्षा हुने

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा… पुरा पढौ

अर्जुन र सुस्मिता सर्वोत्कृष्ट वर्ष खेलाडी, लाईफटाईम अचिभमेन्ट अवार्डबाट मल्ल सम्मानित

पोखरा, बैशाख २८ क्रिकेटर अर्जुन कुमाल र आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको आठौं संस्करणको पोखरा स्पोटर््स अवार्ड–२०८० मा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । नेपाल क्रिकेट टिमका उदाउँदा व्याटर तथा अन्डर नाईन्टिन क्रिकेटका भरपर्दा खेलाडी अर्जुनले मनोनयनमा परेका प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष)को अवार्ड जितेका हुन् । त्यस्तै, आईटिएफ… पुरा पढौ

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को आज नवलपरासीमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए। निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व… पुरा पढौ

चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता,दुई सय ७८ खारेज

दमौली । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास ९होमस्टे० पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् । दुई सय ७८ उद्योग खारेज चालु आवमा… पुरा पढौ

सङ्घीय संसद् बैठकमा वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ । आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित… पुरा पढौ

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । उनी झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो । नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिनु हुने प्रदेश प्रमुखको कार्यालयले… पुरा पढौ