देश

वर्षाले डढेलो निभाउने आशा

लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको वन डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ । सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउनसक्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन । मौसमविद्हरुले पनि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै राम्रो वर्षाको सम्भावना रहेको बताए । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले अहिले पनि लुम्बिनी, कोशी प्रदेश तथा काठमाडौँ आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार… पुरा पढौ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानीपर्ने पूर्वानुमान

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी,… पुरा पढौ

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

वैशाख २४ काठमाण्डौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । हिजो आइतबार जनता समाजवादी पार्टी, (जसपा) नेपालका सात जना सङ्घीय सांसदले नयाँ दल दर्ताको निवेदन आयोगमा दर्ता गरेका थिए । “नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४, तथा प्रचलित सङ्घीय कानुन बमोजिमा प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन २०७३… पुरा पढौ

आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मक : पूर्वअर्थमन्त्री पौडेल

वैशाख २४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताएका छन् । ‘लोकान्तर डटकम’ को आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहसमा पूर्वउपप्रधानमन्त्री पौडेलले राजनीतिक स्थिरता नभएसम्म मुलुकको आर्थिक उन्नति नहुने भएकाले एमालेले नयाँ सत्ता समीकरण बनाएको स्पष्ट पारे । “यो सरकार राजनीतिक स्थिरताको दिशातर्फ उन्मुख छ तर यसलाई भत्काउने कोसिस नभएका होइनन्, हामी स्थिरताका पक्षमा छौँ,” उनले भने, “सरकारले आर्थिक विकास, लगानीमैत्री… पुरा पढौ

प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाईरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे । काठमाडौँमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो । सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनी आफै मुख्य पात्रका रुपमा देखिँदै छन् । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताए । चलचित्र… पुरा पढौ

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिए । उनले भने, “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उनले भने । उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताए । उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिए ।… पुरा पढौ

अदुवा उत्पादक कृषक मारमा

समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्दा अदुवा लगाउन नसकिएको देवघाट–३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगरले जानकारी दिए । अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब रु दुई लाख हाता पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता थपिएको थापामगरको भनाइ छ । “समयमा पानी नपर्दा अहिलेसम्म अदुवा लगाउन पाइएन”, थापामगरले भने, “समय घर्किएपछि लगाएको अदुवाले उत्पादन दिँदैन । त्यसैले… पुरा पढौ

सुनको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो । महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५०… पुरा पढौ

पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो

पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । कास्कीको पोखरा महानगरपालिका–२३ भदौरे तामागीस्थित ठूलो भिरमा खोलिएको नयाँ ट्रयाकको शनिबार काम सकिएसँगै ट्रयाक खुलेको हो । ट्रयाक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको स्थान सेतीवेणीसम्म सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ । पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–उरामपोखरा–सेतीवेणी–रिडी पुग्ने सडक ५६ दशमलव २१८ किलोमिटर लामो छ । सडकको अधिकांश भागमा ट्रयाक खुलिसकेको छ भने केही भागमा स्थानीय… पुरा पढौ

जसपाका अशोक राईपक्षीय सात सांसदद्वारा आयोगमा निवेदन दर्ता

वैशाख २३ काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनका सङ्घारमा पुगेको छ । सो पर्टीका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन् । जसपाका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको जसपाका सांसद सुशीला श्रेष्ठले राससलाई जानकारी दिए । “अहिले हामी सांसदहरु सातजना छौँ, अरू पनि थुप्रै आउनुहुन्छ । उहाँहरु सम्पर्कमै हुनुहुन्छ”, सांसद श्रेष्ठले भने । सांसद श्रेष्ठले आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन… पुरा पढौ