देश

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो । आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०३, लगानी शून्य… पुरा पढौ

प्रतितोला रु चार सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ । सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ । यस्तै, तेजावी सुन सोमबार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ… पुरा पढौ

मुग्लिन–पोखरा सडक विस्तार : चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

दमौली । व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरेका हुन् । साथै उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी मुआब्जा… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज राजीनामा दिने भएका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने तयारी गरेका हुन् । विश्वासको मत लिने भए आज अपराह्न सम्ममा प्रदेश सभामा जानकारी गराइसक्नु पर्नेछ। तर विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिने तयारी गरेको उहाँ निकट स्रोतले जनाएको छ। पाण्डे आज राजीनामा दिएपनि पुनस् ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने आशामा छन्। राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ… पुरा पढौ

न्यारोबडी जहाज मर्मतबारे जवाफ पेस गर्न निगमलाई समितिको निर्देशन

चैत १९ काठमाण्डौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो । समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको भन्दै स्पष्ट जवाफ आउनेगरी समितिमा कागजात पेश गर्न निर्देशन दिए । “न्यारोबडी जहाजको इञ्जिन मर्मतका सम्बन्धमा समितिसमक्ष भ्रष्टाचार भएको सूचना… पुरा पढौ

टि ट्वान्टी : नेपाल ‘ए’द्वारा आयरल्यान्ड ‘ए’ तीन रनले पराजित

चैत १९ काठमाण्डौं । नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ । जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो । तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो । नेपाल ‘ए’ यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा… पुरा पढौ

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

चैत १९ काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ । आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले विश्व बैङ्कले सामाजिक संरक्षण,… पुरा पढौ

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई तेश्रो पटक विश्वासको मत

चैत १९ हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । बागमती प्रदेशसभाका ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन् । एक सय आठजना प्रदेशसभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी) को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत… पुरा पढौ

गण्डकीको दोश्रो पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदर ८ प्रतिशत, गरिवी ८ प्रतिशतमा झार्ने

पोखरा, चैत १९ गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजना तर्जुमा गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी ५ वर्षका लागि तयार पारेको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । देशको सोह्रौं राष्ट्रिय योजनाको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सहयोग पु¥याउने र कार्वन तटस्थ, समावेशी, दीगो तथा उत्थानशील अर्थतन्त्र निर्माण गरी प्रदेश समुन्नतीको आधारशीला तयार पार्ने उद्देश्यले बनाइएको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणाले ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’को सोंचसहितको योजना तर्जुमा गर्ने आयोगका… पुरा पढौ

जलवायु परिवर्तनको असरः हिउँ रहे पो हिमालचुली !

गण्डकी । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उनले सुनाए । पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ । “हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्”, ७० वर्षीय उनले भने, “हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल… पुरा पढौ