देश

नेप्से परिसूचकमा झिनो गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर रु तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन… पुरा पढौ

नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर रु तीन अर्ब तीन करोड ७२ लाख ६७… पुरा पढौ

सुनको मूल्यमा नयाँ कीर्तिमानी, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु… पुरा पढौ

नेकपा माओवादी केन्द्र कास्कीको ईञ्चार्जमा रामजी बराल

पोखरा, चैत २१ नेकपा माओवादी कास्कीको ईञ्चार्ज रामजी बराल बनेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बराललाई कास्की ईञ्चार्जको जिम्मेवारी दिइएको हो । नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करण) अर्थमन्त्री वर्षमान पुनको सल्लाहकार टिममा परेर काठमाडौं बस्न थालेपछि कास्की ईञ्चार्ज पद रिक्त थियो । उक्त रिक्त पदमा केन्द्रीय सदस्य बराललाई जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले जानकारी दिए । बराललेपनि आफूलाई पार्टीले कास्की ईञ्चार्ज दिएको स्वीकारे । ‘हो मलाई कास्की ईञ्चार्ज दिइएको हो,‘यसलाई… पुरा पढौ

गण्डकीमा चैत २७ गतेसम्ममा बहुमतको सरकार गठनका लागि आह्वान

पोखरा, चैत २१ गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समयसीमा दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै पदबाट राजिनामा दिएका थिए । उनले राजिनामा दिएलगत्तै प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा यहि चैत २७ गते अपराह्न ३ बजेसम्म सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पोखरा, चैत २१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजिनामा दिएका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजिनामा दिएका हुन् । विश्वासको मत लिने भए मंगलबार अपराह्न ३ बजेसम्ममा प्रदेश प्रमुखलाई जानकारी गराईसक्नुपर्ने थियो । तर विश्वासको मतका लागि सूचना दिने समय गुजारेका उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजिनामा दिएका हुन् । मुख्यमन्त्री पाण्डेले यथास्थितिमा विश्वासको मत पाउने अवस्था नदेखेपछि पदबाट राजीनामा दिएको बताए । राजिनामा दिएपछि पत्रकारसँग… पुरा पढौ

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

चैत २० काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छन् । समाजवादी मोर्चाले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तक्र्रिया’लाई सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्ने उद्देश्यका साथ आफूले नयाँ कदम चालेको उल्लेख गरे । “जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो”, उनल भने, “जनताले नै सडकबाट समाजवाद जन्माउने हो । अन्ततः… पुरा पढौ

मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ : अर्थमन्त्री पुन

चैत २० काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित ऐन संशोधन गर्न लागिएको जानकारी दिए । अर्थमन्त्री पुनले भने, “प्रस्तावित विधेयक संविधानसँग बाझिएको छैन, संविधानको मूल गति र भावनाअनुरुप… पुरा पढौ

बागमतीमा नवनियुक्त मन्त्रीले शपथ लिए

चैत २० मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी चार जना मन्त्री समावेश गरेका थिए । मुख्यमन्त्रीको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे विश्वासको मत नमागी नया सरकारका लागि दाबी गर्ने रणनीतिमा

पोखरा, चैत २० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नमाग्ने भएका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने थियो । तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएनन् । त्यसैले उनले विश्वासको मत माग्नका लागि सूचना पठाउने समय घर्कीसकेको छ । यद्वपी उनले मंगलबार साँझसम्म राजिनामासमेत दिएका छैनन् । मुख्यमन्त्री निकट श्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले बुधबार वा विहीबार राजिनामा दिदैछन् ।… पुरा पढौ