देश

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय

चैत १६ काठमाण्डौं । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयबारे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन् । बैठकले चैते… पुरा पढौ

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित

चैत १६ काठमाण्डौं । लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ । आयरल्याण्डले दिएको दुई सय २३ रनको चुनौती नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै दुई सय एक रनमा समेटियो । नेपालका लागि लोकेश बमले शतक प्रहार गरे । उनले ५६ बल खेल्दै नौ चौका र आठ छक्काको मद्दतमा सर्वाधिक एक सय छ रनको योगदान दिएका हुन् । त्यसैगरी आशिफ शेखले २६ बलमा एक चौका र पाँच छक्काको… पुरा पढौ

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

चैत १६ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । “सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ”, राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रासस पुरा पढौ

आयरल्यान्ड ए विरुद्धको खेलमा नेपाल ए ले टस जित्यो

आयरल्यान्डको ए टोलीविरुद्धको पहिलो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ए टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो । नेपालको टोलीको प्लेइङ एघारमा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल,… पुरा पढौ

मौसम:भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताए । “हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ… पुरा पढौ

सुन-चाँदीको मूल्यमा नयाँ रेकर्ड,आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ । यसैगरि,… पुरा पढौ

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

चैत १५ झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् । उनले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए । नेकपा (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनको आज विर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । समिकरणमा सामेल दलहरुले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य… पुरा पढौ

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालद्वारा राजीनामा

चैत १५ काठमाण्डौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाएकी हुन् । अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन् । अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् । रासस पुरा पढौ

होली मनाउने क्रममा कर्णाली पुलबाट हाम फालेका शाही मृत फेला

चैत १५ कैलाली । चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव फेला परेको छ । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो होली खेल्ने क्रममा कर्णाली पुलबाट हाम फालेका थिए । घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो । उनको शव आज करिब ४ बजे टिकापुर नगरपालिका–२… पुरा पढौ

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

चैत १५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने बताए । “चालु आर्थिक वर्षको यस अवधिमा हामीले खासगरी जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्न सफल भएका छौँ, सुशासनको क्षेत्रमा पनि नयाँ पहल अघि बढाइएको छ”, प्रधानमन्त्री प्रचण्डले… पुरा पढौ