देश

आफ्नै सवारी साधनले ट्रायल दिने व्यवस्था मिलाउन मन्त्री मनाङेको निर्देशन

पोखरा, चैत १८ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै सवारी साधनले ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्रालयको आयोजनामा आईतबार पोखरामा भएको मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरुको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले अबदेखि आफ्नै सवारी साधन वा ट्रायल दिने व्यक्तिको सहमतिमा उपलब्ध साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । गण्डकीमा हालसम्म आफ्नो सवारी साधन वा आफूले रोजेको सवारी साधनबाट ट्रायल दिने व्यवस्था छैन । हाल टेण्डर गरी… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सुझाव, ११ उपसमिति निर्माण

पोखरा । आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिएका छन् । उनीहरुले अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । अवार्ड कार्यक्रमको लोकप्रियता बढाउन विगतका कमीकमजोरीलाई सुधार गर्दै सबैले… पुरा पढौ

नेप्से परिसूचकमा १७ दशमलव ३० अङ्कको गिरावट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ । आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार भएको छ । निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक आज घटेको छ ।… पुरा पढौ

पोखरा–मुग्लिन सडक निर्माण सुस्त गतिमा,धुलो र हिलोको समस्याबाट यात्रु हैरान

गण्डकी । पर्यटकीय राजधानी पोखरा प्रवेश गर्ने पोखरा–मुग्लिन सडक विस्तार र स्तरोन्नतिको काममा ढिलाइ हुँदा पर्यटक र सर्वसाधारण दुई वर्षदेखि सास्ती भोग्न बाध्य छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याबाट यात्रु हैरान भएका छन् । विसं २०७८ वैशाखदेखि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय थोरै गति लिन थालेको छ । स्थानीयले निर्माण सुस्त भएकाले अझै गति बढाउनुपर्ने बताउँदै आएका छन् । आयोजनाको पूर्वी सडकखण्ड (मुग्लिन–जामुने)मा हालसम्म भौतिक प्रगति ५१ र पश्चिम खण्ड (जामुने–पोखरा) मा… पुरा पढौ

हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द

हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो । हाल उक्त सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका(३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए । उनले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताए । यसअघि यही चैतको पहिलो साताबाट कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि सो सडकखण्डमा यातायात सेवा बन्द गरिएको थियो… पुरा पढौ

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री प्रचण्ड

चैत १७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताएका छन् । रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेको समेत बताए । “शान्ति प्रक्रिया र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा आज गम्भीर छलफल गर्दैछौँ । सकेसम्म मेरो कोसिस सबै राजनीतिक दललाई… पुरा पढौ

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँः गृहमन्त्री लामिछाने

चैत १७ इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताए । आज इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई उनले भने, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही सङ्केत देखाइसकेका छौँ ।” उनले रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा… पुरा पढौ

नेपाल ‘ए’ टिम पराजित, श्रृङखलाको उपाधी आयरल्याण्ड–उल्भ्सलाई

चैत १७ काठमाण्डौं । नेपाल ‘ए’ टिम आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो । जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रनमा सीमित भयो । नेपालको आजको हारसँगै जारी टी–२० शृङ्खला आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै जितेको छ । शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्स २१ रनले विजयी भएको थियो । नेपालका लागि… पुरा पढौ

ट्याक्सी दुर्घटनाका मृतकको सनाखत

काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना… पुरा पढौ

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

चैत १६ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए । निवर्तमान अर्थमन्त्री डा महतले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ थियो । “मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन… पुरा पढौ