देश

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ

चैत २३ लुम्बिनी । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवजातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन् । ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उनले बताए । विश्व ध्यान दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैँभित्रको भावना जागृत गराउने, भ्रमबाट सत्य तथा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाउने साधना भएको बताए । उनले बुद्ध र बुद्धिज्म शान्तिका लागि विशेष महत्त्वपूर्ण विषय भएको… पुरा पढौ

एसएमएस मैत्रीपूर्ण कप : नेपाल बराेडासँग ३७ रनले पराजित

चैत २३ काठमाण्डौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ । जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा चार छक्का र तीन चौका प्रहार गरे । साथै विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय… पुरा पढौ

क्रिकेटर सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्चको आदेश

चैत २३ काठमाण्डौं । उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त… पुरा पढौ

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता महरा नियुक्त

चैत २३ लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । महरालाई नेकपा (एमाले)का… पुरा पढौ

फेवातालका सिरानबासी भन्छन् : कि मुआब्जा देउ, कि उपभोग गर्न देऊ

पोखरा, चैत २३ पोखरा महानगरपालिका वडा नम्बर–२३ का लक्ष्मण तिमिल्सिनाको फेवातालको सिरान क्षेत्रमा जग्गा छ । उनको हजुरबुबाले पैत्रीक सम्पतीवापत दिएको जग्गामा उनले घर बनाएका छन् । तर उनीसँगै उनको भाईलाई दिएको जग्गामा भने भाईले घर बनाउन पाएका छैनन् । उनी भन्छन्,‘मैले केहि वर्ष अगाडि नै घर बनाएँ, तर भाई विदेश गएर फर्किएपछि बनाउँछु भनेर बस्यो, अहिले पैसा कमाएर फर्किएपछि भाईले घर बनाउँछु भन्दा महानगरले रोक लगाएको छ ।’ उनका अनुसार महानगरले सिमसार क्षेत्र पुर्न पाईंदैन भनेर घर बनाउन रोक… पुरा पढौ

माधव नेपालले १५ वर्ष पार्टी चलाएर नेतृत्व छाडेपछिपनि भाग खोज्दा पार्टी फुट्यो : ओली

पोखरा, चैत २३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले दलहरुबीच गठबन्धन नभई समीकरण मात्र भएको बताएका छन् । नेकपा एमाले कास्की जिल्लाको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पदस्थापन गराउन शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘एमाले अहिले नया समीकरणको सरकारमा छ । हामीले बनाएको यो गठबन्धन होईन, समीकरण मात्र हो ।’ गठबन्धनको साझा कार्यक्रम र नीति हुने भन्दै अहिले त्यस्तो नरहेको उनको भनाई छ । ‘अहिलेको समीकरणका दलहरुको आआफ्ना नीति, उद्देश्य छन् । आफ्ना नीति, उद्देश्य नछोडीकन बनाइएको समीकरण… पुरा पढौ

म्याग्दीमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रण भएन:वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मङ्गलबारदेखि लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको छ भने सयौँ हेक्टर जङ्गल नष्ट भएको छ । वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट भएका छन् । मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागीले बेनी–२ बगरफाँट र बेनी–३ भकिम्लीका लरेनी, बिरखानीलगायत आसपासको वनभरि फैलिएको बगरफाँटका… पुरा पढौ

आज देशभर आंशिक बदली हुने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि देशभर आंशिक बदली हुनेछ । गण्डकी… पुरा पढौ

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

चैत २२ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस… पुरा पढौ

कांग्रेसबाट इलाममा खड्का र बझाङको प्रदेश ‘क’ मा सिंह उम्मेदवार

चैत २२ काठमाण्डौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पार्टी संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठकले ईलाम–२ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ईलाम क्षेत्र नं २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा अभिषेकबहादुर सिंहको… पुरा पढौ