देश

सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा रोक

चैत १५ काठमाण्डौं । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मातहतका प्रहरी युनिटमा उक्त परिपत्र गरिसकिएको जानकारी दिए । “त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध… पुरा पढौ

इलाम–२ उपनिर्वाचन : रास्वपाबाट लिम्बू उम्मेदवार

चैत १५ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आएका लिम्बूलाई उम्मेद्वार बनाउने निर्णयबारे जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत रहेका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो । पार्टीको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीका… पुरा पढौ

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

काठमाडौं । दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो । दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र सुनारले जानकारी… पुरा पढौ

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकि छन । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाएकि हुन। अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकि थिइन । उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन । अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकि हुन। पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कुल ६६ लाख १४ हजार… पुरा पढौ

परम्परागत होइन, उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री प्रचण्ड

चैत १४ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उनले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरि ‘स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ, ‘अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत… पुरा पढौ

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

चैत १४ काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवासुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उनले उल्लेख गरे । “हामीले आगामी वैशाखदेखि नै रात्रिकालीन… पुरा पढौ

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिन्छ : उपप्रधानमन्त्री लामिछाने

चैत १४ काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताएका हुन् । उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरुले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन गृहमन्त्री समक्ष अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाई स्वीकार गर्दै मन्त्री लामिछानेले मनसुन सुरु हुन अगावै राहत वितरणको कार्य अगाडि बढाइसक्ने… पुरा पढौ

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

चैत १४ चीन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए । उनले भने, “चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोश्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा व्यापारलाई साथसाथै… पुरा पढौ

एमाले कास्कीमा अधिकारी प्यानल नै बिजयी, मतसहित

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको नया नेतृत्वमा खगराज अधिकारी समूहको प्यानल नै बिजयी भएको छ । एमाले कास्कीको नया नेतृत्वका लागि पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्यानल बनाएरै प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धामा खरो उत्रिदै अध्यक्षमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल नै बिजयी बन्दा पृथ्वी सुब्बा समूह कमजोर रहेको पुष्टि गरेको छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले प्रतिष्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले हराउँदै बिजयी भए । बिजयी अधिकारीले ५५१ मत… पुरा पढौ