देश

वर्तमान सरकार पाँच वर्ष नै जाने हो भने विदेशी सेनाले परेड खेल्छ : अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने हो भने छिमेकी देशका सेनाले नेपाली आमाको छातीमा परेड खेल्ने सम्भावना रहेको दाबी गरेका छन् । नेकपा एमाले कास्कीले गरेको संकल्प यात्रा अन्तर्गत कास्कीमा हुने कार्यक्रमबारे जानकारी गराउन मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले भने,‘पाँचै वर्ष यो सरकार जाने हो भने त लिम्पीयाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा छिमेकीका सेनाले परेड खेल्ने मात्र होईन । हाम्री आमाको छातीमा धेरै परेड खेल्ने सम्भावना छ ।’ उनले… पुरा पढौ

संकल्प यात्रालाई केपी ओलीले कास्कीका दुई ठाउँमा सम्बोधन गर्ने

पोखरा, मंसिर १९ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्रालाई कास्कीमा दुई ठाउँमा सम्बोधन गर्ने भएका छन् । नेकपा एमालेले जारी राखेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रामा निस्केको टोलीलाई पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कास्कीमा विहीबार र शुक्रबार फरक÷फरक दुई ठाउँमा सम्बोधन गर्ने नेकपा एमाले कास्कीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार ओलीले विहीबार अपराह्न पोखराको हेमजामा र शुक्रबार विहान पोखरा–३०… पुरा पढौ

आजको मौसम: हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली… पुरा पढौ

रुसी सेनामा भर्ना भएका पोखराका राईसहित ६ नेपालीको ज्यान गुम्यो

मंसिर १८ काठमाण्डौं । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले आज सोमवार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गएको पुष्टि गरेको हो । ज्यान गुमाउनेहरुमा पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान छन् । नेपाल सरकारले ज्यान गुमाएकाहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति… पुरा पढौ

नेकपाका महासचिव विप्लवसहितका नेताहरुलाई अदालतको ३५ दिने सूचना

मंसिर १८ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुमाथि राज्यविरुद्धको कसुरमा ३५ दिनभित्र अदालतमा उपस्थित हुनु भनेको छ । अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको हो । “यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाई आफैँ उपस्थित… पुरा पढौ

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, विरोधका स्वर प्रतिगामी हुन् : प्रधानमन्त्री प्रचण्ड

मंसिर १८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, “विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र हो, यसको अर्काे कुनै पनि विकल्प छैन ।” प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा संविधान, लोकतन्त्र र गणतन्त्रमाथि नै प्रश्न उठाउने गरिएको पाइएको प्रसङ्ग उल्लेख गर्दै यस्ता स्वरहरुको कुनै तुक र आधार नभएको… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता शेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ७२ लाख ५७… पुरा पढौ

‘कोप–२८ प्रभावकारी र परिणाममुखी भयो’ : प्रधानमन्त्री प्रचण्ड

मंसिर १७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताए । जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसबापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिएको प्रधानमन्त्रीले बताए । जलवायु वित्तमा नेपाल… पुरा पढौ

अदालतको आदेशका कारण फिर्केखोला मापदण्ड कार्यान्वयनमा ढिलाई

पोखरा, मंसिर १७ अदालतको आदेश नआएको भए पोखराको फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन शनिबार शुरु हुने थियो । किनकी पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमित संरचना हटाउन दिएको समयसीमा विहीबार सकिएको थियो । पोखरा महानगरपालिकाले पोखरा महानगरको मध्यभाग भएर बग्ने फिर्केखोलामा निर्माण भएको अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । कात्तिक १० गते जारी भएको सूचना अनुसार मंसिर १४ गतेसम्मको समयसीमा थियो । समयसीमा सकिएको भोलिपल्टदेखि नै अतिक्रमित संरचना हटाउने महानगरपालिकाको योजना थियो । सो अनुसार महानगरले… पुरा पढौ

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

मंसिर १६ चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्घता व्यक्त गरेका छन् । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताए । उनले भने, “भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने जुन उद्देश्य राखेका छौँ हरहालतमा त्यो पूरा गरी छाड्ने सङ्कल्प गरेकाछौँ ।” उपप्रधानमन्त्रीले सङ्कल्प र प्रतिबद्घता गरेर मात्रै… पुरा पढौ