देश

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’ : सभापति देउवा

मंसिर १६ लुम्बिनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताए । “कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ”, उनले भने, “पार्टीलाई एक बनाउन लाग्नुस् मेरो आग्रह छ, पार्टी बलियो भए मात्र हामी सबै सबल हुन्छौँ ।” सभापति देउवाले बुद्ध… पुरा पढौ

सीमा क्षेत्रमा अवैध गतिविधि रोक्ने नेपाल–भारतका सुरक्षा अधिकारीको प्रतिबद्धता

मंसिर १६ जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ । भारतको मधुवनी जिल्ला र सोसँग सीमा जोडिएका मधेस प्रदेशका चार जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा भएको बैठकले द्विपक्षीय हकहितका लागि दुई देशका सुरक्षा चासोबारे सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपणि पाण्डेले जानकारी दिए । आगामी पुस १ गते जनकपुरमा हुने विवाह पञ्चमी मेलामा आउने तीर्थालुको सहजीकरण, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप र सुरक्षा चुनौती, मदिरा, हातहतियार ओसारपसार नियन्त्रण, दशगजा क्षेत्रमा… पुरा पढौ

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

मंसिर १६ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो… पुरा पढौ

गण्डकी सरकार अपाङ्गता भएकाहरुप्रति अनुदार ! सशक्तिकरणका लागि न कार्यक्रम, नत बजेट नै

पोखरा, मंसिर १६ अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवस मंसिर १७ गते आईतबार विश्वभरी मनाईदैछ । नेपालमापनि यो दिवस मनाउने तयारी अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले गरेका छन् । तर गण्डकी सरकारले यो दिवस मनाउनेबारे कुनै योजना बनाएको छैन । नत यसका लागि बजेट नै छुट्याएको छ । उसो त अहिले लैंगिक हिंसाबिरुद्ध १६ दिने अभियान चलिरहेको छ । गण्डकी प्रदेशमापनि गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको अगुवाईमा यो अभियान सञ्चालन गरिएको छ । तर यत्रो १६ दिनसम्म सञ्चालन… पुरा पढौ

जिफन्ट कास्कीको अध्यक्षमा सिग्देल

पोखरा, मंसिर १६ नेकपा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीको अध्यक्षमा जनकराज सिग्देल चयन भएका छन् । जिफन्ट कास्कीको अधिवेशनले सिग्देलको अध्यक्षतामा १० सदस्यीय कास्की जिल्ला समन्वय कमिटी गठन गरेको हो । कमिटीको सचिवमा दीपक थापा मगर रहेका छन् भने सदस्यहरुमा गोमा कार्की, सूर्यप्रसाद उपाध्याय, बालकृष्ण पोख्रेल, रामेश्वर पौडेल, बबरसिंह दुलाल, नित्यानन्द लामिछाने, सीता भट्टराई र जिना मगर चयन भएको जिफन्टका नेता रुद्र खत्रीले जानकारी दिए । पुरा पढौ

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११… पुरा पढौ

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय

मंसिर १५ काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । भोलिदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ । प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ । प्राधिकरणले सेवा शुल्क नियमावली २०७८… पुरा पढौ

‘अपाङ्गताअधिकार प्रवर्द्धन समिति’ गठन गर्न माग

मंसिर १५ काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले नेपाल सरकाले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि बनेका ऐन, कानुन, नीति, नियमलाई कार्यान्वयन गर्न सङ्घीयस्तरमा प्रधानमन्त्री कार्यालयमा ‘अपाङ्गता अधिकार प्रवद्र्धन समिति’ गठन गरी सोको संरचना सङ्घ प्रदेश र स्थानीय तहसम्म पु¥याउनुपर्ने माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकता र सवाललाई समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको सङ्गठनको क्षमता विकास र विकास प्रक्रियामा उनीहरूको सहभागिता, नेतृत्व विकास र आवाजलाई बलियो बनाउन अन्तर्राष्ट्रिय विकास… पुरा पढौ

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

मंसिर १५ काठमाण्डौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र अमेरिका छन् । लिग सन् २०२७ सम्म सञ्चालन… पुरा पढौ

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत

मंसिर १५ काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ । दल दर्तापश्चात आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा… पुरा पढौ