गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १४ युनिट रगत संकलन भएको छ । गुरुङ गहना घर प्रा.लि.को पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अघिल्लो वर्षमाजस्तै यस वर्ष पनि १ सय १४ युनिट नै रगत संकलन भएको सञ्चालक सीमा गुरुङले जानकारी दिईन् । रक्तदान कार्यक्रममा रक्तदान गर्न ग्राहक तथा शुभेच्छुकहरु स्वतःस्फूर्त रुपमा सहभागी भएका थिए ।
गुरुङ गहना घरको परिसर, न्यूरोडमा विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म चलेको रक्तदान कार्यक्रमको अवसर पारेर तमुधी नेपालका मानार्थ सदस्य रहेका बिग्नेस थापालाई नगद २० हजारसहित कदर पत्र, माला र दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै जीवन बचाउन अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको गुरुङ गहना घरका संचालक सिमा गुरुङले जानतारी दिईन् । उनले रक्तदानमा सहभागी रक्तदाताहरुसहित नेपाल रेडक्रस सोसाइटी कास्की र रक्तसञ्चार केन्द्र कास्कीलाई धन्यवाद दिईन् ।
गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखरा परम्परागत संस्कृति र आधुनिक डिजाइनको संयोजनसहितका सुनका गरगहना तथा चाँदीका पुचै, छाप्री र भाँडाहरूका लागि परिचित गहना पसल हो। गुरुङ महिलाद्वारा सञ्चालित यस गहना घरमा अनुभवी तथा कुशल कालिगढमार्फत आकर्षक परम्परागत र आधुनिक डिजाइनका गरगहना उपलब्ध हुँदै आएका छन्। भाटभटेनीको अगाडि रहेको मुख्य पसलसँगै न्यूरोडमै अर्को शाखासमेत सञ्चालनमा रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा…







