पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५ शैयाको सघन उपचार सेवा सुरु


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८३ मा प्रकाशित




पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ३५ शैयाको सघन उपचार सेवा सुरु भएको छ ।

यसअघि १० शैयाको मात्रै सेवा रहेकोमा २५ शैया थप गरी सेवा बिस्तार गरिएको अस्पतालले जनाएको छ ।बिस्तारित सेवाको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.नारायण सिंह गुरुङ, डीन सह प्रा. डा. डेविड श्रेष्ठ र निर्देशक सह प्रा. डा. झपिन्द्र पोखरेलले शु्ुभारम्भ गरेका छन् । सेवा अन्र्तगत १६ शैया आई. सि. यू., १ शैया आइसोलेसन आई. सि. यू र ८ शैया सि.सि यूका लागि व्यवस्था गरिएको जनाईएको छ । पहिला भएको १० शैयाको आई. सि. यूमा २५ शैया थप भई अव देखि ३५ शैयाको सघन उपचार सेवा शुरू भएको निर्देशक सह प्रा. डा. पोखरेलले जानकारी दिए ।

सेवा विस्तारसँगै सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने बिरामीहरुलाई शैया अभाव नहुने भएको छ । यसअघि शैयाको अभावमा बिरामीलाई अन्यत्र पठाउनु पर्ने अवस्था रहेको थियो । तत्कालको लागि यो समस्या अन्त्य भएको प्रतिष्ठानले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।