फोटो : गिता राना मगर
सन्देश श्रेष्ठ
पोखरा, असोज २५
पोखरामा सम्पन्न अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढा मगरले जितेका छन् । नेपालीको सेनाको पश्चिम पृतना हेडक्वाटर बिजयपुर र नेपाल भूतपूर्व खेलाडी मञ्चको संयुक्त आयोजनामा आईतबार पोखरामा सम्पन्न अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फ रोका मगर र महिलातर्फ बुढा मगरले उपाधि चुमेका हुन् ।
शाहवंशीय इतिहाससँग जोडिएका पोखराका पाँच कोटहरु कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई साहसिक खेलकुदको गन्तव्य बनाउँदै पोखराको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित ५० किलोमिटरको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा ५ घण्टा २१ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेका रोका मगरले नगद १ लाख ५० हजारसहित पदक र प्रमाण पत्र प्राप्त गरे ।
५ घण्टा २२ मिनेट ३७ सेकेण्ड दुरी पार गर्दै द्वितीय भएका तीलकबहादुर सुनुवारले १ लाख, ५ घण्टा २९ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै तृतीय भएका दलबहादुर कुँवरले ७५ हजार, ५ घण्टा ४३ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै चौथो भएका रमेश लिम्बुले २५ हजार र ६ घण्टा १८ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै पाँचौं स्थान प्राप्त गरेका अर्जुनराज कुलुङले नगद १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे ।
७ घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी महिलातर्फको उपाधि बिजेता कल्पना बुढाले नगद १ लाख ५० हजारसहित पदक र प्रमाण पत्र प्राप्त गरिन् । सो स्पार्धामा ७ घण्टा २१ मिनेट ३७ सेकेण्डमा दुरी पार गर्दै द्वितीय भएकी निर्मला राईले १ लाख, ७ घण्टा २४ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै तृतीय भएकी सन्देबा बुढाले ७५ हजार, ८ घण्टा ३८ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै चौथो भएक कोपिला श्रेष्ठले २५ हजार ८ घण्टा ४५ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै पाँचौ स्थान प्राप्त गरेकी निरुता कोइरालाले नगद १५ हजारसहित पदक र प्रमाण पत्र प्राप्त गरिन् ।
१६ किलोमिटर पुरुषतर्फ धिरजबहादुर बुढाले प्रथम भए । निर्धारित दूरी १ घण्टा ७ मिनेट ५३ सेकेन्डमा पूरा गरेका थापाले २५ हजारसहित पदक र प्रमाण प्राप्त गर्दा श्रीकास राईले १ घण्टा ८ मिनेट १ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भएर नगद १५ हजार तथा निरोज भट्टले १ घण्टा ८ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरेर नगद १० हजारसहित पदक र प्रमाण पत्र प्राप्त गरे ।
१६ किलोमिटर महिलातर्फ दीपा बस्नेत प्रथम भइन् । १ घण्टा ३० मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै प्रथम भएकी बस्नेतले नगद २५ हजार, १ घण्टा ३० मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै द्वितीय भएकी विपना लामाले १५ हजार र १ घण्टा ३९ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेकी सन्जिला राईले तृतीयहुँदै नगद १० हजारसहित पदक र प्रमाण प्राप्त गरे ।

यसअघि पोखरा–२४ को ऐतिहासिक स्थल कास्कीकोटबाट सुरु भएको अल्ट्रा ट्रेल रेस सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घार्मीडाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरागाउँ, पिपलडाली, ¥यालेचौर, काहुँकोटहुँदै नेपाली सेनाको फूलबारी ब्यारेकमा आएर समापन भएको थियो ।
बिजेताहरुलाई नेपाली सेनाका पश्चिम पृतनापीत उपरथी भोलानाथ थापा, बाहिनीपतिहरू सहायक रथी सन्तोष कार्की र विजय केसी, नेपालका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, अल्ट्रा धाविका रसिला तामाङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाट, अध्यक्ष दिलबहादुर गुरुङ, पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा…







