देश

गण्डकीसहित पाँच प्रदेशमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित पाँच प्रदेशका केही स्थानमा आज राति धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा भने वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने जनाइएको छ।रातिको समयमा पनि देशभर बदली कायम रहने र अधिकांश पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी… पुरा पढौ

लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट

पोखरा, साउन १ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसंगीतमा पुर्‍याउनुभएको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ । धर्मराज–सावित्री थापा प्रतिष्ठानले जनकविकेशरी थापाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले लोकगीतमै नेपालीपन देख्नुहुने थापाले लोक साहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा थापाले उल्लेखनीय योगदान पुर्‍याउनुभएको स्मरण गर्नुभयो । ‘नेपाली लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक हुनुहुन्थ्यो… पुरा पढौ

कास्कीमा सार्वजनिक बसमा यात्रुको पर्स चोर्ने तीनजना पक्राउ

साउन १ रूपा गाउँपालिकाबाट पोखरातर्फ आउँदै गरेको सार्वजनिक बसमा एक महिला यात्रुको पर्स चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट चोरी भएको पर्सभित्र रहेको सुनजस्तो देखिने हार र चाँदीका औँठीसमेत बरामद भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार दिउँसो करिब ३ बजे रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ राङ्खोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको थियो।घटनाको सूचना प्राप्त… पुरा पढौ

आन्तरिक राजश्व कार्यालयमा पुनः ठडियो कर सहायता कक्ष

 पोखरा,१ साउन । आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी)कक्षको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुममानसिंह गुरुङले सो कक्षको उद्घाटन गरे । सो कक्ष उद्घाटनमा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडर तथा जीआइजेड नेपालकाको तर्फबाट मेन्दी राजा रिज्वी, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र जिआइजेडका वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ पनि सहभागी थिए ।सो अवसरमा बोल्दै… पुरा पढौ

पोखराका नाट्यकर्मि अनुप बराल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सिफारिस सदस्यमा मनोनित

प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोनित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, अनुसार सिफारिस समिति सदस्यहरु नारायणप्रसाद ढकाल काठमाडौँ र अर्चना थापा ललितपुरलाई मनोनयन गरेका छन् । प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन बमोजिम बत्सगोपाल वैद्य ललितपुर र लोकबहादर चित्रकार ललितपुरलाई मनोनयन गरे । त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल… पुरा पढौ

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ । काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो । सङ्क्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा बर्डफ्लु भाइरस नदेखिएकाले चिडियाखाना पुनःसञ्चालनमा ल्याइएको हो । चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनःखोल्ने निर्णय गरेको हो । चिडियाखानाका… पुरा पढौ

जनकवि केशरी थापाको १ सय २ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईदैं

जनकवि केशरी धर्मराज थापाको १ सय २ औं जन्मजयन्ती, बिभिन्न कार्यक्रम गरी मनाईदैं छ । लोक साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याएका जनकवि थापा वि सं १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मिएका थिए । नेपाली लोक साहित्यको सेवा र श्रीवृद्धिका लागि थापा स्वदेशमा मात्र नभई विदेशमा समेत पुगेका थिए ।लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक रचनामा आवाज भरेर पनि नेपाली लोक संगीतलाई विश्व माझ चिनाए । उनले… पुरा पढौ

गण्डकी पुनर्स्थापना केन्द्रमा ४८ जना आश्रित, जिल्ला समन्वय समितिले गर्यो अनुगमन

गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रमा ४८ जना बालबालिकासहितका विपन्नले आश्रय लिईरहेका छन् । कोपिला नेपालको व्यवस्थापनमा संचालित केन्द्रमा ७ बर्ष मुनिका ११ जना , १८ बर्षमुनिका १९ जना बालबालिका र ११ जना महिला गरि ४८ जनाले आश्रय लिएको र गत असोज महिना देखि हालसम्म १ सय २० जनालाइ सेवा प्रदान गरिसकेको कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले जानकारी दिईन् । करिब ३ बर्षसम्म विवादका कारण संचालन हुन नसकेको सो केन्द्र गत बर्षदेखि भने संचालनमा आएको हो । केन्द्रको बिहिबार जिल्ला… पुरा पढौ

अवैध भरुवा बन्दुक राख्ने पोखराका दुई युवा प्रहरी फन्दामा

पोखरा, असार ३२ पोखरामा अवैध भरुवा बन्दुक राख्ने २ जना पक्राउ परेका छन् । अवैध भरुवा बन्दुक लुकाईछिपाई राखेको आरोपमा कास्की प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं.–१४ मझेरीपाटनका ३० वर्षिय साजन बि.क र सञ्जय नेपाली रहेका छन् । अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचना आएपछि वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले खानतलासी गर्दा भरुवा बन्दुक भेटिएपछि विक र नेपालीलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले जानकारी… पुरा पढौ

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीका समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवद्र्धन गर्ने वातावरण निर्माण गरिने बताए । छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजने म्याचिङ’ र निर्यात प्रवद्र्धनका कार्यक्रममा… पुरा पढौ