देश

मगर समुदायमा भुमे पर्वको रौनाक,यस्तो छ भुमे पर्वको ईतिहास

पोखरा । रुकुम(पूर्व) र रोल्पा आसपासका जिल्लाहरुमा मगर समुदायमा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्वपूर्ण पर्व हो । भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भूमे गाउँपालिकाले जेठ ३२ गते पालिकाभरि सार्वजनिक बिदा दिएको छ । यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ । असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिँदै आएको छ । रुकुम (पूर्व) र… पुरा पढौ

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा विभिन्न कार्यालयलाई ज्ञापन पत्र वुझाइयो,गलत तथ्यांक तत्कालै सच्याउन माग

कास्की । नेपाल मगर संघ कास्की र नेपाल पुनमगर समाज केन्द्रीय समितिले प्रमुख जिल्ला अधिकारी कास्कीका बासुदेव घिमिरेलाई सोमबार संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ । पुन मगर हैन, भन्ने गलत तथ्यांक तत्कालै सच्याउनका लागि पुनमगर र मगर संघ कास्कीले प्रधानमन्त्री, आदिवासी जनजाती आयोग र राष्ट्रिय तथ्यांक कार्यालयलाई अधिकारी घिमिरे मार्पmत ज्ञापन पत्र बुझाइएको हो । प्रधान मन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मातहतमा रहेको राष्ट्रिय तथ्यांक विभाग कार्यालयले यही २०८० जेठ १९ गते जारी गरेको, भाषा र धर्म सम्बन्धीको तथ्यांक प्रति,… पुरा पढौ

सार्वजनिक लेखा समितिले पोखरा महानगरलाई भन्यो : खाजा खर्च र भ्रमण खर्च कटौती गर

पोखरा, जेठ २९ पोखरा महानगर सार्वजनिक लेखा समितिले अध्ययन अवलोकन भ्रमण तथा खाना र खाजामा हुने गरेको खर्च कटौती गर्न पोखरा महानगरपालिकालाई सुझाव दिएको छ । समितिको सोमबार बसेको २४ औं बैठकले आगामी आर्थिक वर्षमा अध्ययन अवलोकन भ्रमण र खाना तथा खाजामा हुने गरेको खर्च कटौती गर्न महानगरलाई निर्देशन दिएको हो । अध्ययन अवलोकनका नाममा लाखौं, करोडौं खर्च गरेपनि त्यसको प्रतिफल नदेखिएको समितिको ठहर छ । समितिले आर्थिक मन्दिको असर देखिएकाले खर्च कटौती गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सो सुझाव दिने… पुरा पढौ

जेठ ३१ र ३२ गते पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव

पोखरा । जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हिमालय साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। । गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्र्थीले मानव जीवनका विभिन्न समस्याहरुलाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख… पुरा पढौ

पोखरा-१४ का ५८ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

पोखरा महानगरपालिका वडा नं. १४ स्थित चाँदनी टोलका ५८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । चाँदनी दिदीबहिनी समूहले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण एवं सचेतना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका लागि नेपाल परिवार नियोजनकास्कीले प्राविधिक सहयोग गरेको थियो ।समूहकी अध्यक्ष निर्मला थपलिया पाठकका अनुसार परिवार नियोजन संघका ९ जना प्राविधिकले ५८ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरेका थिए । कार्यक्रममा परिवार नियोजन संघका शाखा म्यानेजर नवराज तिवारीले पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण… पुरा पढौ

स्कुलको छतबाट खसेर पोखरामा किशोरी घाईते

पोखरा, जेठ २८ स्कुलको छतबाट खसेर पोखरामा एक किशोरी घाईते भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–८ बगालेटोलस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर १५ वर्षिया किशोरी चाहत शाह घाईते भएकी हुन् । उनी विहान ५ बजेर ५५ मिनेटमा छतबाट खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भारतको विहारस्थित मोतिहारी घर भएकी किशोरी खेल्ने क्रममा आफू अध्ययनरत विद्यालयको छतबाट खसेकी थिईन् । उनलाई तत्काल उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको उपचार भईरहेको कास्की प्रहरीको… पुरा पढौ

बैदाममा कम्पोष्ट विन वितरण तथा कौशी खेती अभिमुखिकरण

पोखरा, जेठ २८ । “घरको फोहोर घरमै मोहोर अर्गानिक खानपान स्वाथ्थ जिवन” भन्ने नारालाई आत्मसाथ गर्दै पोखरा महानगरपालिका पशु तथा कृषि महाशाखाको आयोजना र वडा स्तरीय कृषि सञ्जाल पोखरा महानगर पालिका वडा ६ बैदामको समन्वयमा पोखरा ६ बैदाममा कम्पोष्ट बिन र कुटो वितरण गरिएको छ । पोखरा महानगर पालिका वडा न ६ मा रहेका आमा समुह, टोल विकास र कृर्षि सञ्जालका सदस्यहरुलाई कौशि खेति अभिमुखिकरण सहित करिब ६० वटा कम्पोष्ट विन र कृर्षि औजार कुटो शनिबार वितरण गरिएको थियो ।कार्यक्रमको… पुरा पढौ

पोखराका मेकानिक्सलाई निःशुल्क टि.टि खोप

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टि।टि खोप सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामूदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औधोगिक क्षेत्र,बाग्लुङ्ग बसपार्क र याम्दीमा घुम्ती शिविर मार्फत ४८६ जनालाई निःशुल्क खोप लगाइएको अध्यक्ष सन्तोषकुमार मिश्रले जानकारी दिए । प्राणघातक रोगको रुपमा धनुष्टङ्गकारलाई लिने गरिएको धातुका कारण शरीरको कुनै पनि भागमा रगत आउने गरी काटेमा सो बाट शरीरभरि फैलन गई शरीर बाङ्गीने लामो समय उपचार गराउँदा धेरै खर्च हुने हुदाँ टिटानसको खोप प्रभावकारी… पुरा पढौ

बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल

पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रममा राखिएका योजना बजेटमा नपरेको बताएका हुन्। “यो बजेटले सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको सङ्गति र तादत्म्यता राखेको छैन । एक… पुरा पढौ