देश

आज जैविक विविधता दिवस

‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ । जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ । जैविक विविधता दिवसका… पुरा पढौ

देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल

काठमाण्डौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन् । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उनले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताए । प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ । बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई… पुरा पढौ

लामिछानेको मुद्दामा जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश

काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले आज यसअघि मगाएको कागजमा प्रस्टता नदेखिएको उल्लेख गर्दै पुनः माग गर्ने आदेश गरेको हो । लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ । लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्ष कैद र क्षतिपूर्तिको मुद्दामा गरिएको छ । रासस पुरा पढौ

नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री

जेठ ७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताएका छन् । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवं विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनमा महिलाको भूमिका प्रमुख रहेको बताए । प्रधानमन्त्री दाहालले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी… पुरा पढौ

माओवादी केन्द्रको स्पष्टिकरणः लडाकु शिविरमा अनियमितता भएको छैन

काठमाडौ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आयोजना गरी महालेखापरीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी निकायको उपस्थितिमा भएको खर्च र त्यसको फाँटबारीमा कुनै अनियमितता नभएको बताएको हो । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराका अनुसार महालेखा परीक्षकले २०६९ जेठ १९ गते शिविरको खर्चको समर्थन,… पुरा पढौ

नीति तथा कार्यक्रममा राजमो सांसद केसीको संशोधन प्रस्ताव

काठमाडौ । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् चित्रबहादुर केसीले सङ्घीयताको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । नीति तथा कार्यक्रमको बुँदा नं १ मा संशोधन प्रस्ताव राख्दै सांसद केसीले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्ने उल्लेख भएकोमा ‘सङ्घीय’ भन्ने शब्द हटाइनुपर्छ साथै पहिलो बुँदाको आठौँ लाइनमा रहेको ‘जनयुद्ध’ र ‘मधेश आन्दोलन’ भन्ने शब्दावली हटाइनुपर्छ ।” नीति तथा कार्यक्रमको बुँदा नम्बर १० मा ‘कालापानीबाट भारतीय सेना हटाइनेछ’ भन्ने वाक्य थप गरिनुपर्ने र बुँदा… पुरा पढौ

नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ दशमलव २० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा भने… पुरा पढौ

स्टेप बाई स्टेप मा. वि.को आयोजनामा पदेश स्तरीय एसइई फुटसल प्रतियोगिता

पोखरा । स्टेप बाई स्टेप माध्यामिक विद्यालयको आयोजनामा गण्डकी प्रदेश स्तरीय एसइई फुटसल प्रतियोगिता आयोजना भएको छ । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको उक्त प्रतियोगितामा हिजोदेखि सुरु भएको हो । प्रतियोगितामा कास्की, तनहूँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागी भएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिता प्रत्येक शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल, प्रमाणपत्र र कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्र वृत्ति समेत पाउनेछन् । उपविजेताले नगद १५ हजार रुपैयाँ,… पुरा पढौ

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा आयोगको पत्राचार

निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाइएको भन्दै आयोगले पत्राचार गरेको हो । आयोगले सम्बन्धित राजनीतिक दललाई त्यसरी प्राध्यापकलाई जिम्मेवारी दिइएको हो वा होइन ? दिन मिल्ने हो वा होइन ? भन्ने व्यहोराको पत्र पठाएको छ । साथै विश्वविद्यालयलाई सम्बन्धित प्राध्यापकहरु राजीनामा दिएर दलीय जिम्मेवारी गएको हो वा होइन भनी प्रश्न सोधेको… पुरा पढौ

थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ ।सक्रिय सङ्क्रमितमध्ये आइसोलेसनमा ८ जना, आईसीयूमा १ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट १२ हजार… पुरा पढौ