देश

आव २०८०/८१ को नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । बैठक ४ बजेका लागि बोलाइएको छ । रासस पुरा पढौ

अर्थतन्त्रमा निजी क्षेत्र : ३२ गुणाले बढे व्यवसाय

नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सार्वजनिक गरे । मन्त्री रिजालले औपचारिक रुपमा पहिलो पटक मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अवस्थितीको बारेमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेकोमा धन्यवाद दिए । सन् २०१२/१३ मा निजी क्षेत्रको योगदान ८६ दशमलव ६७ प्रतिशत थियो । कोरोना महामारी,… पुरा पढौ

सुनचाँदीकै भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ साताको छैठौँ दिन आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए । विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको साढे चार दशकदेखिको सपना पूरा भएको छ… पुरा पढौ

नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १८ मा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ४४ लाख २२ हजार एक सय ८६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४७ लाख ६५… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८÷७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल… पुरा पढौ

नक्कली भुटानी शरणार्थी प्रकरणः हालसम्म पक्राउ परेका १५ जना को-को हुन ? हेर्नुहोस्

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ। प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियासमेत बिहीबार पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या १५ पुगेको हो । यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहितको भीआईपीलगायतलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन् । यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा… पुरा पढौ

बाँदर आतङ्कले गाउँ रित्तिँदै

स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ । गल्याङ नगरपालिका–३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाएका थिए । बिक्री हुने समय भएका करिब दुई क्विन्टल काँक्रा बाँदरको हुल पसेर खाएइदिएपछि उनी चिन्तामा परेका छन्। “खानाखान घरमा गएको थिएँ, खेतमा बाँदरको हुल पसेछ काँक्र सबै जुठो हालिदिने र खाइदिने गरेछ ।” उनले भन्,… पुरा पढौ

प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राखेको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताए । प्रस्ताव अनुसार सभाको आजको बैठकमा १५ भन्दा बढी सदस्यले प्रश्न सोध्न सक्ने जनाइएको छ । पन्ध्र जनाभन्दा बढी सदस्यले प्रश्न गर्ने व्यवस्था बमोजिम समयले नभ्याइने भएकाले नियमावलीमा यस्तो व्यवस्था गरिएको थियो । आजको बैठकमा धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि… पुरा पढौ

नक्कली भुटानी शरणाथी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । उनका अनुसार शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए । भुटानी शरणार्थी प्रकरणमा… पुरा पढौ