देश

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा आज छलफल गरेका छन् । उनले नेपाली उद्योगी व्यवसायीलाई ‘प्रमोट’ गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने र बढीभन्दा बढी नेपाली उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा क्रियाशील रहने बताए । अर्थमन्त्री डा महतले भने, “ज्ञानलाई सम्पूर्णरुपमा उपयोग गरेर ‘सिस्टम’मा भएको समस्यालाई धकेल्ने हो, समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।” छलफलमा उनलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सांसदहरुको… पुरा पढौ

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि, उडान स्थगित

जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए ।… पुरा पढौ

नीति तथा कार्यक्रम : ‘सरकारले पर्यटनलाई महत्व दिएको छ’ – व्यवसायी

जेठ ५ काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कोरोना महामारीपछि पुरानै लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसहित सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रमप्रति नेताहरूको मिश्रित प्रतिक्रिया , कस्को कस्तो धारणा ?

जेठ ५ काठमाण्डौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो प्रतिक्रिया दिएका हुन् । एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेका समस्याको समाधान गर्ने ठोस उपाय र प्रस्तावहरू नरहेको बताए । “कार्यक्रममा आर्थिक, सामाजिक चुनौती सम्बोधन गर्ने, सुशासन, भ्रष्टाचारलाई सम्बोधन गर्ने ठोस र प्रभावकारी कुरा छैनन्”, उनले भने । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र… पुरा पढौ

नीति तथा कार्यक्रम : हिमालको पानी बिक्रीदेखि रुग्ण उद्योग सञ्चालन गर्नेसम्म

जेठ ५ काठमाण्डौं । सरकारले स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गर्ने एवं अर्थतन्त्रको विकास र विस्तार गर्ने लक्ष्यका साथ ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्राथमिकताका साथ सहयोग गर्ने भएको छ । निजी क्षेत्रले अगाडि बढाएका यी अवधारणलाई सरकारले स्वामित्व लिँदै प्रमुख प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग, वाणिज्य र कम्पनी प्रशासनलाई सक्षम र सुदृढ बनाउनुका साथै विद्यमान नीतिगत, कानूनी तथा प्रक्रियागत… पुरा पढौ

नीति तथा कार्यक्रम : दुई सिफ्टमा काम, दुई वर्षभित्र सबै पालिकामा राष्ट्रिय सडक

जेठ ५ काठमाण्डौं । पूर्वाधार निर्माणका क्षेत्रमा केही महत्वाकांक्षी लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा विकास निर्माणका काम रातमा हुनेगरी दुई सिफ्टमा गरिने उल्लेख छ । “पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइनेछ । आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । महाकाली, कर्णाली लगायतका करिडोरको निर्माणलाई प्राथमिकतामा राखिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ, “निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रूतमार्ग सडक आयोजनाको निर्माण कार्य विसं २०८३ भित्र सम्पन्न… पुरा पढौ

नीति तथा कार्यक्रम : अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म

जेठ ५ काठमाण्डौँ । अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकोे नीति तथा कार्यक्रममा संविधान र सङ्‍घीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पूँजीगत खर्च वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा स्वाधीनता एवं रा‍ष्ट्रिय हितको… पुरा पढौ

राष्ट्रपति पौड्यालद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत जारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौड्यालले सार्वजनिक गर्ने क्रम जारी छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै छ । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक सुरु भएको हो । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे… पुरा पढौ

लायन्स सेन्ट्रल गार्डनद्धारा कम्प्युटर र नेतृत्व विकास तालिम

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसएलसी दिएका भाइबहिनीलाई कम्प्युटर र नेतृत्व विकास तालिम शुरु गरेको छ । विद्यार्थी भाइबहिनीका लागि व्यवहारिक जीवनमा अति उपयोगी ९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको हो । तालिममा २१ जना विद्यार्थी भाइबहिनी सहभागी रहेका छन् । तालिमको शुक्रवार अनुगमन गर्दै क्लबका संस्थापक अध्यक्ष हरि भाटले सन् २०१७ देखि क्लबले पढाऊ अभियान अन्तर्गत हरेक वर्ष एस.एल.सी. दिने भाइबहिनीलाई तालिम सञ्चालन गर्दै आएको बताए ।… पुरा पढौ

स्याङजा लगाएत अधिकाँश गाउँघरमा परम्परागत ढिकी र जाँतो लोप हुँदै

गल्याङ । स्याङजाको अधिकांश गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । स्याङजामा मात्रै होईन नेपालका अधिकाँश स्थानमा पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् । तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो । बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ… पुरा पढौ