देश

सुनको मूल्य घट्यो, हेर्नुहोस कतिमा हुदैँछ कारोबार ?

आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पाँचौ दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ७८ सय र तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको मूल्य आज १३ सय ७० रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ । पुरा पढौ

मनिपालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’मार्फत सफल उपचार गरिएका विरामी डिस्चार्ज

पोखरा, बैशाख ४ पोखरामा पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टि.ए.भि.आई.)मार्फत उपचार गरिएका विरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’बाट उपचार गरिएका ८६ वर्षिय कालिदास तिमिल्सीना ४ दिनपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका हुन् । तिमिल्सिनाको बरिष्ठ कार्डीयोलोजिस्ट डा.अमितकुमार चौरासिया, डा.नवराज पौडेल लगायतको टोलीले एओर्टीक भल्वको सफल प्रत्यारोपण गरेका थिए । चिकित्सकको टोलीले मुटुमा झण्डै १ घण्टा ३० मिनेट लगाएर सफल ‘टि.ए.भि.आई.’ गरेका थिए । मुटुको मुख्य पाइपमा भएको भल्व साँघुरो वा सुकेकाले मुटुका नसाहरुले… पुरा पढौ

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो । लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा गोरखाको अजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकालाई जोड्ने गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्ने सम्झौता भएको टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । सम्झौतापत्रमा टानका अध्यक्ष… पुरा पढौ

पश्चिमी वायुको प्रभावले वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ… पुरा पढौ

महिला कोटामा दलित महिलाको सहभागिता सुनिश्चित गरियोस् : फेडो

पोखरा, जेठ ३ दलित महिला संघ (फेडो) गण्डकी प्रदेशले दलित महिलाको सहभागिता सुनिश्चित गर्न माग गरेको छ । फेडो गण्डकीको मंगलबार र बुधबार पोखरामा भएको प्रादेशिक सम्मेलनले राज्यका संरचनामा ३३ प्रतिशत महिला सहभागिता गर्दा दलित महिलाको सहभागितापनि सुनिश्चित गर्नेसहित १८ बुँदे घोषणा पत्र जारी गरेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उसले राजनीतिक दलहरुलाईपनि स्थानियदेखि केन्द्रीय तहको समितिमा दलित महिलाको समानुपातिक प्रतिनिधित्व अनिवार्य गराउन माग गरेको छ । फेडो गण्डकीले पटक–पटक छुवाछूत मुक्त राष्ट्र घोषणा गरेपनि कार्यान्वयन… पुरा पढौ

मन्त्री जुग्जालीद्वारा यातायात कार्यालयमा छड्के अनुगमन

पोखरा, जेठ ३ पोखरामा सवारी चालक अनुमती पत्र (स्मार्ट लाईसेन्स) लिने परीक्षा पास गरेपनि लाईसेन्स आउन करीब एक वर्ष लाग्छ । स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाएपछि बन्ने प्रक्रियामा गएको लाईसेन्स प्रिन्टमा भएको ढिलाईले गर्दा सेवाग्राहीले समयमा लाईसेन्स नपाउने स्थिति बनेपछि गण्डकी प्रदेश सरकारको सहयोगमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीले परीक्षणकालीन सवारी चालक अनुमती पत्र वितरण शुरु ग¥यो । जसले गर्दा सेवाग्राहीले केहि राहतको अनुभूति त ग¥यो तर… पुरा पढौ

एभरेष्ट म्याराथन सहभागि हुने युकेको टोलीलाई मञ्चद्वारा बिदाई

पोखरा । एभरेष्ट म्याराथन जाने युकेको टोलीलाई नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिदाई गरेको छ । ७ सदस्यिय यूके निवासी नेपाली टोली अन्नपूर्ण घान्द्रुकस्थित मेश्रोम बराह मावीको सहयोगार्थ एभरेष्ट म्याराथनका लागि जान लागेको हो । यहि जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जुम प्रसाद गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने छन् । टोलीलाई बिदाई गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले निश्चित उद्धेश्यका साथ एभरेष्ट… पुरा पढौ

प्रजातन्त्रमाथि खतरा देखियो: प्रथम राष्ट्रपति यादव

प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राखे। गिरिजाप्रसाद कोइराला कांगे्रस सभापति हुँदा ३५ जना केन्द्रीय सदस्य भएर पनि देशभर पुग्ने कांगे्रसका नेता कार्यकर्ता एक सय ५० केन्द्रीय सदस्य भएर पनि जनतामा पुग्न नसकेकैले प्रजातनत्रमाथि खतरा आउने… पुरा पढौ

मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता सुरु

प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा हुने प्रतियोगिता यही जेठ ८ गतेसम्म हुनेछ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतियोगिताको शुभारम्भ गर्दै नेपालको कम्युनिष्ट सिद्धान्तलाई मौलिक बनाएर त्यसलाई लोकप्रिय बनाउन जननेता मदनको योगदान अतुलनीय रहेको बताए । पार्टी उपाध्यक्ष प्रमेश हमाल, पोलिटब्यूरो सदस्य दिलु पन्तलगायतले नेपाली राजनीतिमा मदन आश्रितको आदर्श, निष्ठा र सङ्घर्ष… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको… पुरा पढौ