देश

अन्य देशमा क्रान्ति गर्नेलाई महान नेता मान्छन्, हाम्रोमा हत्यारा, दलाल र आतंककारी भनेर बदनाम गर्न खोजिदैछ : बाबुराम

पोखरा, बैशाख १३ पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको असन्तुष्टीलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्ने चेतावनी दिएका छन् । तत्कालनी नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा वेपत्ता पारिएका कास्कीका पूर्ण पौडेलको ‘स्मरण तथा प्रतिष्ठान घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले जनतामा निराशा र असन्तुष्टी बढेकाले त्यसलाई सम्बोधन नगरे देश डरलाग्दो अराजकतामा फस्ने बताएका हुन् । देशमा चरम असन्तुष्टी छ,उनले भने,‘केहि समय यताका परिघटनाहरु हेर्नूस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टीहरु व्यक्त भईराखेका… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको महासचिव राजाराम पौडेलले जनाए । जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का… पुरा पढौ

बागलुङ्गे उत्पादनको पहिचानः सिस्नो, बाँको र आलु

बागलुङ । वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यिनै उत्पादनले बदलेको छ । यहाँका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बजारमा बढ्दो छ… पुरा पढौ

फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का

काठमाण्डौं । नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । प्राधिकरणले प्रमाणबिना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको हो । प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “प्राधिकरणको आधिकारिक निष्कर्ष बीना सो वायुसेवाको अफिसियल पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘बर्ड… पुरा पढौ

पुनः बढ्यो कोरोना, एक सय ३६ सङ्क्रमित थपिए

काठमाण्डौं । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो एक सय १३ जनामा सङ्क्रमण फेला परेको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आइसियु)मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् । यस्तै आज ६४ जना कोरोना उपचारपछि घर फर्किएका छन्… पुरा पढौ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । उनी हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स ९एम्स० मा भर्ना भई उपचाररत छन् । राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको छ । एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भएपनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहेको परिवारका सदस्यबाट… पुरा पढौ

एसिसी मेन्स प्रिमियर कपः कुवेतले सिङ्गापुरलाई हरायो

काठमाडौ । कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्रािष्ट्रय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा कुवेतले सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको हो । जितका लागि सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य कुवेतले २६ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । कुवेतका लागि अदनान इद्रीशले २८ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ३८ रन बनाए ।… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो । आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव एक अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ… पुरा पढौ

चितवन-२ मा आफ्नै रेकर्ड ब्रेक गर्दै विजयी भए लामिछाने

चितवन । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने आफ्नै रेकर्ड ब्रेक गरेर भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले… पुरा पढौ

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताए। भेटमा केन्द्रका अध्यक्ष पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । पुनले नेपालमा उत्पादित सवारीसाधन दर्ता… पुरा पढौ