देश

बालबालिकालाई छुटेको खोप लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए । उनले दुई दिन खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने र कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि अभियान नै सञ्चालन गरिएको बताए । रोग, अपाङ्गता र मृत्युबाट बचाउन… पुरा पढौ

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय… पुरा पढौ

रास्वपाका दुई सांसदको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् । रासस पुरा पढौ

विपद्को जोखिमै हुन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छिन् । गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । “विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ”, उनले भनिन्, “यसोगर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।” विगतमा पनि पूर्वतयारी नहुँदा पनि विपद्बाट धेरै जनधनको क्षति हुने गरेको मन्त्री शर्माको भनाइ छ ।… पुरा पढौ

विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै

आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा मन्त्रालय र आइएलओले संयु्क्तरूपमा ‘सुरक्षित तथा स्वस्थ्य कार्य वातावरण, एक मौलिक अधिकार’ शीर्षकमा पोष्टरको सार्वजनिकीकरणसमेत गरेको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले कार्यसुरक्षा र स्वास्थ्यका लागि राज्यका सबै अङ्ग परिचालित हुनुपर्ने बताए।… पुरा पढौ

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकार गठनका लागि विहीबार अपराह्न ४ बजेसम्मको समयसीमा दिएर आह्वान गरेका थिए । पाण्डेले प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए । उनले… पुरा पढौ

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

काठमाण्डौं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो । नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे हो । नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका… पुरा पढौ

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाण्डौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए । “जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ”, उनले भने । इम्बोस्ड नम्बर आपूर्ति… पुरा पढौ

नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छ : परराष्ट्र सचिव पौड्याल

काठमाण्डौं । परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग प्रदान गरेको बताएका छन् । लण्डनस्थित नेपाली राजदूतावास र बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयले ब्रिटिस लाइब्रेरीसँगको सहकार्यमा मङ्गलबार साँझ आयोजना गरिएको प्रदर्शनी तथा स्वागत समारोहमा सन् १९२३ को मैत्री सन्धिपछि ब्रिटिश गोर्खा तथा दुई देशको सम्बन्धको विकासमा नयाँ आयाम थपिएको बताए । उनले सन्धिपछि दुई देशबीचको सम्बन्ध विकास, साझेदारी, व्यापार र लगानी, पर्यटनमा पनि उल्लेख्य काम भएको भनाइ राखे । उनले पारस्परिक हितका एजेन्डामा बहुपक्षीय… पुरा पढौ

सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : सञ्चारमन्त्री शर्मा

काठमाण्डौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताइन्। प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार कानुन निर्माणका विषयमा गम्भीर रहेको बताए । “नीति तथा बजेट बनाउने तयारीमा छौँ, कम लगानीमा बढी प्रतिफल दिने योजनाका बारेमा छलफल भइरहेको छ”, उनले भनिन्। मन्त्री शर्माले दाङमा सञ्चार नेटवर्कको समस्या भएको ठाउँको पहिचान गर्ने तथा सञ्चारसम्बद्ध समस्याको समाधान गर्ने तयारीमा सरकार रहेको बताए । “सार्वजनिक, सामाजिक स्थान र सरकारी… पुरा पढौ