देश

‘ब्याजदर घटाए बिग्रिएको अर्थतन्त्र ट्रयाकमा आउँछ’

पोखरा, बैशाख १६ नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल मोवाईल ईम्पोटर्स एशोसियसनका केन्द्रीय अध्यक्ष दीपककुमार मल्होत्राले अर्थतन्त्र सुधार्नका लागि ब्याजदर घटाउनु अनिवार्य भएको बताएका छन् । नेपाल मोवाईल वितरक संघको केन्द्रीय साधारण सभालाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले समस्याग्रस्त अर्थतन्त्र बन्नुको मुख्य कारण महंगो ब्याजदर भएको बताएका हुन् । अर्थतन्त्र सुदृढ गर्न ब्याजदर घटाउनै पर्ने बताउँदै उनले भने,‘जबसम्म ब्याजदर घट्दैन तबसम्म अर्थतन्त्र सुदृढ हुँदैन ।’ ब्याजदर घटाउने वित्तिकै बिग्रिएको अर्थतन्त्र ट्रयाकमा आउने उनको दाबी थियो । मल्होत्राले ब्याजदर कुनैपनि… पुरा पढौ

‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र सङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन् । अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका थिए। आदिवासीको… पुरा पढौ

प्रधानमन्त्रीद्वारा अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्। मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिनुभएका प्रधानमन्त्री दाहालले शुक्रबार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिएका हुन् ।… पुरा पढौ

मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाण्डौं । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए । सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले यस अधिवेशनमा सभामा भएका काम कारबाहीको विवरण सुनाएका थिए । रासस पुरा पढौ

कपन हत्या प्रकरण : एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन

काठमाण्डौं । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ । एक साता बितिसक्दा उक्त… पुरा पढौ

पोखरामा भिषण वर्षा, दिउँसै अन्धकार !

पोखरा । पोखरामा शुक्रबार अपरान्ह वर्षा हुँदा दिउँसै अन्धकार भएको छ । शुक्रबार दिउँसो करिव ४ बजेदेखि वर्षा हुँदा पोखरामा दिउँसै अध्यारो हुन पुगेको हो । एक्कासी वर्षा भएपछि सडकमा सडकमा सवारी आवागमनमा पनि कमी आएको छ । विशेष गरि चारपाङ्ग्रे सवारी साधन सञ्चालन भएपनि दुई पाङ्ग्रे सवारी साधन विच बाटोमै रोकिएका छन् । केही दिनदेखि पानी पर्न नसक्दा धुम्एिको यहाँको वातावरणमा आजको वर्षाले केही हदसम्म राहत मिल्ने अनुमान गरिएको छ । यस्तै आजको वर्षाले केही सातायता वढ्दै गएको गर्मीलाई… पुरा पढौ

वात्सल्यको भक्तपुरमा नयाँ शाखा, निःशुल्क आई.यू.आई र अल्ट्रासाउण्ड सेवा

काठमाण्डौँ । वात्सल्य नेचुरल आई. भी. एफ.ले भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । निःसन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्यले नयाँ वर्षबाट संचालनमा ल्याइएको क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने कार्यकारी निर्देशक प्रशान्त सुवेदीले विश्वास व्यक्त गरे । नयाँ शाखा सञ्चालनको अवसरमा भक्तपुरबाट सीमित समयका लागि अल्ट्रासाउण्ड र आई.यू.आई निःशुल्क प्रदान गरिने उनको भनाइ छ ।उनले भने, “नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र… पुरा पढौ

२५६७ औँ वुद्ध जयन्तीको पावन अवसरमा पोखरामा सप्ताहब्यापी कार्यक्रम हुने

२५६७ औँ वुद्ध जयन्तीको पावन अवसरमा पोखरामा सप्ताहब्यापी कार्यक्रम रुपमा हुने भएको छ । २५६७ औँ वुद्ध जयन्ती समारोह समिति, कास्कीको आयोजनामा वैशाख १५ गते देखि २२ गते सम्म उक्त कार्यक्रम सप्ताहब्यापी रुपमा सञ्चालन हुने जनाइएको छ । शान्ति पद यात्रा धर्मशीला बुद्ध विहार नदिपुर पोखरा बाट शुभारम्भ भई पालिखेचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पोखरा सभागृहमा पुगी धर्म सभामा परिणत हुनेछ । “बुद्ध जयन्ती समारोह समिति, कास्की“ को नाममा संगठित भएर बैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउन थालिएपछि विगत एक दशकदेखि सामूहिक… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए सपथ, सरस्वती र सुशीला मन्त्रीमा नियुक्त

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन् । यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्री तिवारी स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी हुन्… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए सपथ

पोखरा, बैशाख १५ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन् । यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्री तिवारी स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी… पुरा पढौ