देश

सन्दर्भ विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट… पुरा पढौ

भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा कार्यवाहक राष्ट्रपतिको जोड

वैशाख १२ काठमाण्डौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । आठौँ भूकम्प स्मृति दिवसका अवसरमा आज सन्देश दिँदै उनले भूकम्पबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी सचेतना फैलाउनु जरुरी रहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले पनि भूकम्पीय जोखिम बढाउँदै लगेको उल्लेख गरेका छन् । नेपाल भूकम्पीय जोखिममा पर्नुको मुख्य कारणमध्ये यहाँको भौगोलिक अवस्थिति र भूबनावट कारकका रुपमा रहेको जनाउँदै उनले… पुरा पढौ

फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन?

वैशाख ११ काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट) ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए । टावरका… पुरा पढौ

दुबईका लागि उडेको विमानमा आगलागी, फोर्स ल्यान्डिङको तयारी

काठमाण्डौं । त्रिभूवन विमानस्थलबाट उडेको फ्लाई दुवाईको विमानमा आगलागी भएको छ । काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको फ्लाइट नम्बर एफजेट ५७६ सो विमान अहिले काठमाडौंको आकाशमाथि घुमिरहेको छ । उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको हो । विमानमा १६९ जना यात्रु रहेको जनाइएको छ । यो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिनका लागि काठमाडौं प्रवेश गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… पुरा पढौ

बारा–२ मा जसपाका यादवको अग्रता

काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ । जसपाका अध्यक्षसमेत रहेका यादवले २ हजार ७७० प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले २ हजार १८२, त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले ३५१ मत प्राप्त गरेका छन् । मत गणना जारी छ पुरा पढौ

चितवन २ रास्वपाका लामिछानेको अग्रता कायमै, पछ्याउँदै एमाले र कांग्रेस

पोखरा । चितवन क्षेत्र नम्वर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुरुवाती अग्रता कायम गरेका छन् । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार उनले नेकपा एमाले उम्मेद्वार रामप्रसाद न्यौपानेसँग एक हजार ७७३ मतले अग्रता लिइरहेका हुन् । रास्वपाका लाछिानेले ४ हजार ३५८ मत प्राप्त गर्दा एमालेका न्यौपानेले २ हजार ५८५ मतका साथ पछ्याई रहेका छन् । यस्तै नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार २०५ मतसहित उनीहरुलाई पछ्याई रहेका छन् । चितवनमा लामिछाने र कांंग्रेसका श्रेष्ठविचको दुरी २ हजार… पुरा पढौ

तनहुँ – १ मा रास्वपाका वाग्ले झण्डै १० हजार मतले अगाडी

पोखरा । आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुवाती अग्रता कायम गरिरहेको छ । पछिलो मत परिणाम अनुसार तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णिम वाग्लेले २२ हजार ८२ मतसहित गोविन्द भट्टराईलाई लिड गरिरहेका छन् । कांग्रेसका भट्टराईले १२ हजार ६४२ मतसहित रास्वपाका वाग्लेलाई पछ्याई रहेका छन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत सहित… पुरा पढौ

हिमालय लोकस्टारका राजेन्द्र घर्तीमगर भोटको अपिल गर्दै पोखरामा

पोखरा । हिमालय आईएमई लोकस्टारका अन्तिम ६ को प्रतिस्पर्धीका रुपमा रहेका राजेन्द्र घर्तीमगरले आफुलाई भोट गरि जिताउन आग्रह गरेका छन् । पतिस्पर्धी घर्तीमगरले आज पोखरामा आयोजना भएको एक कार्यक्रम मार्फत आफुलाई जिताउन सम्पुर्णमा अपिल गरेका हुन् । बागलुङको निसीखोला निवासी घर्तीमगर विगत १० वर्षदेखि धौलागिरी र गण्डक क्षेत्रका लोपन्मुख मौलिक गितसंगित जगेर्ना गर्दै गायन क्षेत्रमै निरन्तर लागिपरेका छन् । उनको आवाजमा सजिएका दर्जनौ मौलिक गीतहरु युटुवमा भेट्न सकिन्छ । प्रतियोगिताको फाइनलिस्ट ६ जनाको नाम घोषणा भएपछि भोट अपिल गर्दै उनी… पुरा पढौ

चितवनको मतगणना केहिवेरमा सुरु हुदै

चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उनका अनुसार बैठकले कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र… पुरा पढौ

उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा

चितवन । चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उनले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताए । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण… पुरा पढौ