देश

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकामा आभार व्यक्त

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । उपनिर्वाचन सम्पन्न भएपछि आज उहाँले विज्ञप्तिमार्फत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको उल्लेख गर्दै मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन् । “यो निर्वाचनबाट आउने परिणामले… पुरा पढौ

अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र

काठमाण्डौं । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ । पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७… पुरा पढौ

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

पोखरा, बैशाख १० गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेलगत्तै चालु अधिवेशन अन्त्य गरिएको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन बैशाख ९ गते शनिबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जनाएका छन् । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । गण्डकी प्रदेश… पुरा पढौ

उपनिर्वाचनः तनहुँमा ५५ ,चितवन र बारामा ६० प्रतिशत मत खस्यो

काठमाडौँ । चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान… पुरा पढौ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो । आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११… पुरा पढौ

नेपालमा अझैपनि चार प्रतिशत बालबालिका खोपबाट वञ्चित

काठमाडौ ।नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वन्चित रहेका छन् । उनीहरुले कुनै पनि खोप लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो । “नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वन्चित छन्”, उनले भने ।… पुरा पढौ

वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गरे । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव (७५औँ स्थापना दिवस) समारोहमा उनले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह गरे । उनले कम्युनिष्ट पार्टी स्थापना भएसँगै नेपालमा कम्युनिष्टमाथि पटक–पटक प्रहार भएको बताए । “नेपालमा कम्युनिष्ट पार्टी जन्मेदेखि प्रहार आएको आयै भयो । हाम्राविरुद्ध षड्यन्त्र भए । हामीले बलिदान दिनप¥यो । तर हामी कम्युनिष्ट लडेको लड्यै ग¥यौ”, उनले भने,… पुरा पढौ

निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन

काठमाण्डौं । प्रतिनिधिसभा सदस्यका लागि भोलि हुन लागेको उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय÷सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुने गरी अन्यले मतदान गर्न सक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनोट गर्नेजस्ता निर्णय भएकामा त्यस्ता निर्णय खारेज गर्न आयोगले निर्देशन दिएको हो । बारा–२ को देवताल गाउँपालिका–२ स्थित सिँचाइ अफिस कल्याणपुर मतदानस्थलको मतदान केन्द्र (क) र (ख) मा मतदान अधिकृतसहितको… पुरा पढौ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई गत बुधबार भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । पुरा पढौ

आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलाइने आवेग र क्षणिक उत्तेजनाले समाजलाई विकृत बनाउने खतरा रहेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीयसभामा उनले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोग गर्नेभन्दा क्षणिक आवेगमा प्रयोग हुने गरेको बताए । “देशको समग्र राजनीति, आर्थिक विकासको प्रक्रिया विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ । मानिसमा विचार, सिद्धान्त, एजेन्डाभन्दा सेन्टिमेन्ट, क्षणिक आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो छ… पुरा पढौ