देश

नेपाल उद्योग व्यापार महासंघ महिला विभागको केन्द्रीय अध्यक्षमा गोमा ढकाल

पोखरा, फागुन २० नेपाल उद्योग व्यापार महासंघ महिला विभागको केन्द्रीय अध्यक्षमा पोखराकी गोमा ढकाल अध्यक्षमा निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघमा आबद्ध देशभरका महिलाहरुको शनिबार पोखरामा सम्पन्न भेलाले ढकालको अध्यक्षतामा १५ सदस्यीय महिला विभाग सर्वसम्मत चयन गरिएको हो । सदस्यहरुमा तारा नेपाली (कर्णाली), भानु कडेंल, सृजना सोति (गण्डकी), सृजना पाण्डे बाग्मती, ममताकुमारी सिंह लुम्बिनी, मुना कटुवाल कोशी, कल्पना जैसीलगायतलाई चयन गरेको नवनिर्वाचित अध्यक्ष गोमा ढकालले जानकारी दिईन् । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष… पुरा पढौ

कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकीका अध्यक्षमा पुनः सन्तोष थापा

पोखरा, फागुन २० कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः सन्तोष थापा दोहोरिएका छन् । संघको पोखरामा शनिबार भएको ११ औं प्रदेश अधिवेशनले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा भीमबहादुर थापा, सचिवमा सुमन सुवेदी, सहसचिवमा सुनिल ढेवाजु र कोषाध्यक्षमा सन्दीप अधिकारी चयन भएका छन् । संघको सदस्यहरुमा यमप्रसाद भुषाल, डोलराज गैह्रे, सरस्वती पाण्डे, सन्दीप अधिकारी, सिता पाण्डे, रामचन्द्र अधिकारी, बिजय पौडेल र कुशल तिवारी चयन भएका छन् । यसअघि अधिवेशनको नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य… पुरा पढौ

रेन्वो चिल्ड्रेन होम बालगृहहरुमाझ उदाहरणीय

पोखरा, फागुन २० रेन्वो चिल्ड्रेन होम पोखरा–६ लेकसाईडको सामाजिक लेखाजोखा सम्पन्न भएको छ । होमको शनिबार पोखरामा सामाजिक लेखाजोखा कार्यक्रम भएको हो । कार्यक्रममा होमले ३० जना बालबालिकालाई आश्रय दिएर राखेको र त्यसको वार्षिक खर्च एक करोड एक लाख ६२ हजार ३६ रुपैयाँ खर्च गरेको जानकारी दिइयो । सो अवधीमा होमले एक करोड २१ लख ७७ हजार ५ सय ५२ रुपैयाँ आम्दानी गरेको होमकी सञ्चालिका गोमा ढकालले जानकारी दिईन् । सामाजिक लेखाजोखा कार्यक्रममा होमले आश्रित बालबालिकालाई सबै मापदण्ड पूरा गरेर… पुरा पढौ

फेवातालमा डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यू

पोखरा, फागुन २० पोखरामा आज दिउँसो एक्कासी हावाहुरी चलेर डुङ्गा पल्टिदा बेहोस् भएकी बृद्धाको मृत्यू भएको छ । एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा बेहोस् भएकी सोहि डुङ्गामा सयर पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो । बेहोस् अवस्थामा गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएपनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले तालमा डुबेकी बृद्धाले पानी धेरै खाएकाले उनको… पुरा पढौ

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज

पोखरा, फागुन २० प्रेस क्लब गण्डकीको अध्यक्षमा पत्रकार एकराज गिरी चयन भएकाछन् । क्लवको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले सफल न्यूज डटकमका सम्पादक गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गिरी खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् । क्लवको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सह–सचिव दीपा पौडेल भण्डारी चयन भएका छन् । क्लवको कार्यसमिति सदस्यहरुमा आशिष पुरी र संकल्प ढुँगाना चयन भएका छन् । यसअघि क्लवको अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका… पुरा पढौ

हावाहुरीले फेवातालमा डुङ्गा पल्टियो, पल्टिएको डुङ्गाले थिचेकी महिलाको बेहोस् अवस्थामा उद्धार

पोखरा, फागुन २० पोखरामा आज दिउँसो एक्कासी हावाहुरी चलेर डुङ्गा पल्टिदा एक जना बेहोस् भएका छन् । एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा सोहि डुङ्गामा सयर पोखरा महानगरपालिका वडा नम्बर १ निवासी ७० वर्षिया बृद्धा याममाया गिरी बेहोस् भएकी हुन् । एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । सबैले लाईफ ज्याकेट लगाएपनि महिलालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको बताइएको छ । अन्य भने सहजै बाहिर निस्किएका थिए । डुङ्गाले च्यापिएकी उनलाई तत्कालै सशस्त्र प्रहरी… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाविरुद्धका गैरकानूनी क्रियाकलाप रोक्न गृहको निर्देशन

काठमाण्डौं । गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिए । “त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ”, गृहसचिव सिंहले भने,“गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाधरूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ ।” पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र… पुरा पढौ

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले मनायो १४ औं स्थापना दिवस

फागुन १९ काठमाण्डौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष स्थापनको १५ वर्षमा प्रवेश गरेको छ । शुक्रबार कोषले एक कार्यक्रमको आयोजना गरि १४ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमको राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले उद्घाटन गरे । उनले वेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन कोषको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कोषलाई अझ प्रभावकारी हुनेगरि ऐन निर्माण गरि अगाडी बढ्न आवश्यक रहेको औंल्याए । उनले धेरैभन्दा धेरै यूवा तथा साना व्यवसायीलाई स्वरोजगार हुने कार्यक्रमहरु अगाडी बढाउन आग्रह गरे… पुरा पढौ

कांग्रेस नेता पाण्डे भन्छन् : चुनावपछि कांग्रेस र माओवादी एउटै पार्टीजस्तो लाग्छ

पोखरा, फागुन १९ कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन गण्डकी प्रदेशमा सत्तारुढ प्रदेशसभा सदस्यहरुको भेला आयोजना गरिएको छ । सत्तारुढ आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका पौडेललाई जिताउने अभियान अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा गण्डकी प्रदेश सभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गठबन्धन दलका नेताहरुले गठबन्धन बन्नुको कारण, रामचन्द्र पौडेललाई जिताउनुपर्ने कारणमाथि प्रकाश पारेका थिए । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रबहादुर पाण्डेले लय बिग्रिएको राजनीतिलाई ट्रयाकमा ल्याउन नया गठबन्धन… पुरा पढौ

स्वाद र गुणस्तर परीक्षणमा नेपालका १० वटा चिया पुरस्कृत

काठमाडौ । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ ९चियाको स्वाद एव गुणस्तर परीक्षण०का आधारमा १६ वटा… पुरा पढौ