देश

बजेट मध्यावधी समीक्षा स् आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाडौ । सरकारले चालु आर्थिक वर्ष २०७९र८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिनुभएको हो । चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको… पुरा पढौ

ड्राईभिङ स्कुल संघको माग : लाईसेन्सका लागि लिखित परीक्षाको सट्टा मौखिक परीक्षा लेऊ

पोखरा, माघ २९ ड्राइभिङ स्कुल संघले गण्डकी प्रदेशका सबै जिल्लामा लाईसेन्स परीक्षा सञ्चालन गर्न माग गरेका छन् । ड्राइभिङ स्कुल संघहरुको छाता संस्था ड्राइभिङ स्कुल संघ नेपालका महासचिव उमेश सिके र गण्डकी प्रदेश शाखाका अध्यक्ष वसन्त भट्टचनले संयुक्त रुपमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानलाई ज्ञापन पत्र बुझाउँदै लाईसेन्स लिन महिनौं कुर्नुपर्ने वर्तमान बाध्यात्मक अवस्थाको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय खोलेर लाईसेन्स परीक्षा सञ्चालन गर्न माग गरेका हुन् । यसले सरकारलाई अग्रिम… पुरा पढौ

पोखरामा पनि जनयुद्ध दिवस मनाईने

पोखरा, माघ २९ पोखरामा पनि जनयुद्ध दिवस मनाईने भएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको आयोजनामा जनयुद्ध दिवसको दिन भोलि फागुन १ गते सोमबार कास्कीको पोखरामा जनयुद्ध दिवस मनाईने भएको हो । नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको कार्यालय परिसरमा सोमबार विहान ८ बजेदेखि जनयुद्ध दिवस विशेष कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले जानकारी दिए । सो अवसरमा आपसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने उनले बताए । कार्यक्रम गण्डकी प्रदेशका भौतिक पूर्वाधार… पुरा पढौ

भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै

नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि अघिल्लो वर्ष ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु भएको थियो । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ । विगतमा पनि भूपू सम्मेलन हुने गरेकामा सङ्कटकालमा केही वर्ष रोकिएको थियो ।… पुरा पढौ

उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाल)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए । पुरा पढौ

राजनीतिक चलखेलका कारण कांग्रेस सरकारभन्दा बाहिर बस्न प¥यो : कांग्रेस प्रवक्ता डा महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन् । सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए । उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ ।“देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ”, उनले भने, “देश विकासको लागि लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ… पुरा पढौ

सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो पूर्ण रुपमा निभाईयो

पोखरा, माघ २८ पोखरा–लेकसाईडस्थित लेकसाइड सेन्टरको व्यवसायिक भवनमा आगलागी भएको छ । लेकसाईड सेन्टर भवनमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाममा आगलागी भएको हो । आगलागी भएको लेकसाईड सेन्टर भवनमा डिपार्टमेन्टल स्टोर्ससँगै बित्तीय संस्था, बैंकका एटिमहरु, लाउन्ज वार, टे«किङ सप र रेस्टुरेन्ट लगायतका व्यवसायिक संस्था छन् । तर, आगलागीले डिपार्टमेन्टल स्टोर्सको गोदाममा क्षेति पुगेको छ ।आगलागीले भवनको अन्डरग्राउण्डमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाममा पूर्ण रुपमा क्षेति पुगेको कास्की प्रहरीले जनाएको छ । डिपार्टमेन्टल स्टोर्स रहेको भुईंतलामा आंशिक क्षेति पुगेको छ भने… पुरा पढौ

लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो नियन्त्रणमा

पोखरा, माघ २८ पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो नियन्त्रणमा आएको छ । पोखराको लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा लागेको भीषण आगो करीब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । अपराह्न ४ः३० बजे शुरु भएको आगो साँझ करीब सवा ६ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागिका कारण डिपोर्टमेन्टल स्टोर्समा धेरै क्षेति पुगेको छ । डिपार्टमेन्टल स्टोर्स रहेको भुईंतला पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । त्यस्तै अन्डरग्राउण्डमा पनि क्षेति पुगेको बताइएको छ । आगलागि भएको भवनमा हिमालयन जाभा,… पुरा पढौ

पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल, नबिल बैंक र हिमालयन जाभा भएको भवनमा आगलागी

पोखरा, माघ २८ पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको छ । पोखराको लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा भीषण आगलागी भएको हो । सो भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखालगायतपनि छन् । आगलागीका कारण सेलवेजको सेल्सबेरी शाखाका अधिकांश भाग जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणमा वारुणयन्त्रसहित प्रहरी र स्थानिय लागिपरेका छन् । पुरा पढौ

हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण

पोखरा, माघ २८ पोखराको ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण गरिएको छ । ओझेलमा परेको पोखरा–२० भलामस्थित आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो । हरिहर सन्यास आश्रमको व्यवस्थापन तथा स्थानिय समाजसेवी दीनेश बस्नेतको पहलमा निर्माण गरिएको सो वृत्तचित्रको गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले लोकार्पण गरे । आश्रमको भौगोलिक अवस्थिति, त्यहाँको वातावरण, आश्रमको ऐतिहासिकतासँगै धार्मिक महत्वलगायत समेटेर वृत्तचित्र निर्माण गरिएको वृत्तचित्र निर्माणकर्ता दीनेश बस्नेतले जानकारी दिए । समुन्द्री… पुरा पढौ