देश

निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त

काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएका छन् । नेपाल कानून आयोगले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा सहज भएको बताए । उनले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्नुपर्ने र सामाजिक सञ्जाल पनि आमसञ्चारमाध्यमकै रूपमा स्थापित हुन खोजिरहेको हुँदा एउटा दायरामा ल्याएर नियमन तथा व्यवस्थापन… पुरा पढौ

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

काठमाण्डौं । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयले आज सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा… पुरा पढौ

फिष्टेल एकेडेमीले सृजनात्मक एवम गुणस्तरीय शिक्षामा जोड दिएको: सरुभक्त श्रेष्ठ

पोखरा । साहित्यकार एवम् नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठले फिस्टेल एकेडेमीले सृजनात्मक एवम गुणस्तरीय जोड दिदै गएको बताएका छन् । एकेडेमीले सरस्वति पुजाको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार सरुभक्तले मानव केन्द्रित चाहाना विद्याबाट प्राप्त हुने भएकाले सृजनात्मक रुपले सुविचार र चिन्तन प्रक्षेपण गर्नु अहिलेको आवश्यकता भएको बताए । पठन संस्कृतिको विकासमा जोड दिएर बौद्धिक ज्ञान आर्जन गर्न सकिने जनाउँदै फिस्टेलका विद्यार्थीले बुक क्लब गठन गरेर पुस्तक प्रदर्शनी गर्नु निकै सकारात्मक भएको धारणा राखे । सो अवसरमा श्रेष्ठले आफ्नो… पुरा पढौ

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। उनीहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन र सरकारको काम कारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तमिल्सिनाको भनाइ छ । रासस पुरा पढौ

कांग्रेस बैठक विशेष कारणवस स्थगित

नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए। कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै केन्द्रीय कार्यसमितिको बैठक माग गरिएको थियो । त्यससँगै आगामी राष्ट्रपति निर्वाचनको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले माघ १५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । निर्धारित केन्द्रीय समितिको बैठक विशेष… पुरा पढौ

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताएका छन् । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए । अध्यक्ष ओलीले एमाले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी रहेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा र पार्टीको आफ्नो गन्तव्य बनाएको बताए ।… पुरा पढौ

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यकः शिक्षामन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । काठमाडौँ तारकेश्वर ११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताए । “मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उनले भने, “विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउन र गुणस्तर बढाउने विषयमा… पुरा पढौ

राष्ट्रपतिद्वारा वसन्त श्रवण

राष्ट्रपतिद्वारा वसन्त श्रवण वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोक पुगी वसन्त श्रवण गरेकी छिन् बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराएका थिए । सो अवसरमा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यहरु,… पुरा पढौ

निगमले टिकट बिक्री प्रभावकारी बनाउने

नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको छ । निगमको टिकट बिक्री वृद्धि गर्नुका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधरण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल… पुरा पढौ

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम तीव्र

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए । उक्त योजनाअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प… पुरा पढौ