देश

समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गरे ।… पुरा पढौ

गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ : सञ्चार मन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बर्ताएका छन । ‘द राइजिङ नेपाल’ अङ्ग्रेजी दैनिक पत्रिकाको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने बताएका हुन । उनले अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ हाम्रासामु रहेको उल्लेख गर्दैै यो नेपालमा अपवाद हुन सक्दैन भने । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले… पुरा पढौ

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको राजकीय सम्मान

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । जापानी सम्राट मेइजीले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गर्नुभयो । विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो… पुरा पढौ

चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण

काठमाण्डौं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि… पुरा पढौ

जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने भएको छ : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताएका छन् । काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उनले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजारौँ विद्यार्थी दिनहुँ विदेशिने गरेको प्रसङ्ग उल्लेख गर्दै सो कुरा बताएका हुन् । यसले एकातिर मुलुकलाई चाहिने प्रतिभाशाली र मेधावी जनशक्ति पलायन भइरहेको छ भने अर्कातिर शिक्षाको लागि बर्सेनि अर्बौँ डलर मुलुकबाट बाहिरिने गरेको उनको भनाइ थियो । यस सन्दर्भमा काठमाडौँ विश्वविद्यालयले… पुरा पढौ

सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाण्डौं । सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । उक्त अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो । सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले रिट निवेदन दर्ताका लागि (विषय) परिपक्व नभएको उल्लेख गर्दै दरपीठ गरेका हुन् । “सङ्घीय संसद्बाट पारित भएका विधेयक र नेपाल सरकार मन्त्रिपरिषद्बाट सिफारिस भएका अध्यादेशहरू राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएपश्चात मात्र कानूनको रूप धारण गर्ने… पुरा पढौ

नयाँ सरकार गठनका लागि दलहरुलाई बाटो खुला

काठमाडौं । नयाँ सरकार गठनका लागि राजनैतिक दलहरुलाई बाटो खुला भएको छ । निर्वाचन आयोगले आम निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाए पछि दलहरुलाई नयाँ सरकार गठनको लागि बाटो खुलेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरूले आज बिहीबार बिहान राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाइएका छन् । मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गरिएको हो । निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार… पुरा पढौ

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए। नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने बताए। पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ। अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ… पुरा पढौ

त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू

महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ। त्रिवि प्राध्यापक संघले कार्यविधि बनाउनुपर्ने माग राखेपछि कार्यविधि बनाउन लागिएको हो। दशैंलगत्तै अनिवार्य गरेको विद्युतीय हाजिर प्रभावकारी भएपछि त्यसलाई व्यवस्थित र थप कडाई गर्न कार्यविधि बनाउन लागेको त्रिविले जनाएको छ। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै निर्देशनालय, विभाग, महाशाखा, प्राध्यापक, सहप्रध्यापक, उपप्राध्यापकलगायत सबै कर्मचारीलाई अनिवार्य हाजिरको व्यवस्था गरेको जानकारी दिए। उनले भने, ‘विद्युतीय हाजिर शुरू भइसकेको छ… पुरा पढौ

निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउँदै

निर्वाचन आयोगले यही ४ मंसीरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन लागेको हो। यसअघि, आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको संपूर्ण परिणामबारे जानकारी गराएको थियो। आयोगले प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ। प्रदेशतर्फको विवरण भने आयोगले आगामी २ पुसमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने तयारी गरेको छ। पुरा पढौ