नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। यसैगरी, सोनमले पुरुषको ५८ केजीमुनिको तौल समूहमा पहिलो स्थान हात पारेका हुन्। प्रतियोगितामा नेपालले ७ स्वर्ण र ४ रजत पदक जितेको छ। सन्तोष भट्टले पुरुषको ८० केजीमाथिको तौल समूहमा स्वर्ण जित्दा नितिश विश्वकर्माले पुरुषकै ७४ केजीमा पहिलो स्थान हात पारेका थिए। यस्तै, मोहमद उमर खान र सुनिता विष्टले…
पुरा पढौ