देश

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

दोलखा जिल्लाको प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर कार्कीले अग्रता लिएका छन्। कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ७४३ मतान्तरले पछि पारेका छन्। पछिल्लो मत परिणामअनुसार वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका कार्कीले १ हजार ६५४ मत ल्याएका छन् भने सिवाकोटीले ९११ प्राप्त गरेका छन्। पुरा पढौ

बाजुरामा काँग्रेसका बद्रि पाण्डे अगाडि

बाजुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका बद्रि पाण्डेले अग्रता लिएका छन्। पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार कर्णबहादुर थापामाथि १ हजार ११२ को मतान्तरले अग्रता लिएका हुन्। पछिल्लो मत गणनाको नतिजाअनुसार वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार बनेका पाण्डेले ५ हजार १०६ मत प्राप्त गरेका छन् भने थापाले ३ हजार ९९४ मत ल्याएका छन्। पुरा पढौ

सुनसरी–४ बाट संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। नेपाली काँग्रेसका उम्मेदवार मन्त्री कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ को झिनो मतान्तरले हराउँदै निर्वाचित भए। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ ल्याए। कार्कीको जितसँगै प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ ५५ सदस्य जितेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेको ४४ सदस्य छन्। पुरा पढौ

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

आज अंग्रेजी डिसेम्बर महिनाको २ तारिक अर्थात अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस। विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ। हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ । यस वर्षको दासता उन्मुलन दिवसका लागि 'Eradicating contemporary forms of slavery' मूल नारा तय गरिएको छ। त्यसैअनुरुप ‘आधुनिक समाजको दासता उन्मुलन गर्न… पुरा पढौ

समानुपातिकतर्फको एक करोड तीन लाख मत गणना

काठमाण्डौं । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले साँझ ७.३० बजेसम्म २७ लाख ६९ हजार पाँच सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छ । निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ३९ हजार छ सय १९ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६० हजार… पुरा पढौ

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

दोलखा । दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क,… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ… पुरा पढौ

कर्णाली प्रदेश: बालबालिकाका क्षेत्रमा न्यून बजेट

कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियानद्वारा गरिएको अध्ययनमा सो क्षेत्रमा दुई प्रतिशत मात्रै बजेट विनियोजन हुने गरेको पाइएको हो । प्रदेश सरकारले अधिकांश बजेट भौतिक पूर्वाधारमा केन्द्रीत गरेको देखिएको छ । अध्ययनमा तीन आर्थिक वर्षको बजेट समेटिएको थियो । अर्थिक वर्ष २०७५÷७६ मा २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट मध्ये बालबालिको क्षेत्रमा २।३० प्रतिशत मात्रै बजेट विनियोजन गरिएको प्रतिवेदनले जनाएको छ ।… पुरा पढौ

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन् । जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु–१ मा मानवीर राई, खोटाङ–१ मा रामकुमार राई, इलाम–२ बाट सुवास नेम्वाङ, झापा–४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित हुनुभएको छ… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै… पुरा पढौ