देश

पोखरामा मंसिर २४ गते जिफान साँझ हुने

पोखरा । गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा अध्यक्ष गुरुङले बताए । उनले झण्डै… पुरा पढौ

चार सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले… पुरा पढौ

सामाजिक सञ्जालबाट निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार–प्रसार सम्बन्धित सामग्री मंसीर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ। आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचार–प्रसार सम्बन्धित सामग्री मंसीर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो। निर्वाचन आचारसंहिताबमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट राजनीतिक दल र उम्मेदवारले कुनैपनि तरिकाबाट निर्वाचन प्रचार–प्रसार गर्न पाइँदैन। मंसीर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष… पुरा पढौ

आजको मध्यरातबाट देशभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

सरकारले आज (बिहीबार) मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसार–पसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ। निर्वाचन आयोगको निर्णयअनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो। मंसीर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन… पुरा पढौ

आज मध्यरातबाट मौन अवधि सुरु

मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (बिहीबार) मध्यरातबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार–प्रसार गर्न पाउनेछन्। त्यसपछि मध्यरातबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार –प्रसार गर्न पाउँदैनन्। सञ्चार माध्यमले कुनैपनि प्रकारका चुनावी प्रचार सामग्री संप्रेषण गर्न मिल्दैन। मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो। मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ। निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न… पुरा पढौ

कास्की १ को १ यसरी बन्दैछ नमुना

–मुख्य र भित्री बाटोमा साइकल लेन–अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र–भण्डारढिकमा राष्ट्रियस्तरको रंगशाला–ग्रामिण बाटोमा ढलान र कालोपत्रे–सात ताल लिंक रोड–लामेआहालमा प्रादेशिक बसपार्क–अन्तर्राष्ट्रिय विमानस्थलदेखि पट्नेरी जोड्ने मोटरबाटो–सात ताल संरक्षण–सीसाघाट–सिक्लेस करिडोरपोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की–१(१) यतिबेला चर्चामा छ । संघबाट प्रदेश ओर्लिएका एमाले संगठन विभाग खगराज अधिकारी र प्रदेशमा पुनः दोहो¥याएका माओवादी केन्द्रका दीपक कोइराला उम्मेदवार छन् । रोचक के छ भने, ०७४ मा वाम गठबन्धन हुँदा अधिकारी प्रतिनिधिसभा र कोइराला प्रदेश सभा सदस्यका उम्मेदवार थिए । कोइरालाका प्रतिस्पर्धी कांग्रेस नेता जीवन परियार… पुरा पढौ

पोखरामा थरिथरिका प्याराग्लाईडिङ पाईलट : कोहि स्वास्थ्यमा समस्या हुँदाहुँदै उडान भर्ने, कोहि लागूऔषधको अम्मली

पोखरा, कात्तिक ३० पोखराका प्याराग्लाईडिङ पाईलटहरुले अम्मलको प्रयोग गर्ने गरेको पाईएको छ । पोखरामा प्याराग्लाईडिङ गर्ने केहि सिमित पाईलटहरुले आत्मविश्वास लगाउन उत्तेजना जगाउने अम्मल (लागुऔषध) प्रयोग गर्ने गरेको तथ्य उजागर भएको हो । हालै गरिएको स्वास्थ्य परीक्षणका क्रममा ६ जना प्याराग्लाईडिङ पाईलटहरुले गाँजालगायतका उत्तेजना जगाउने लागूऔषध प्रयोग गरेको पाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको रिपोर्टमा उल्लेख छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको प्याराग्लाइडिङ प्रतियोगिताका क्रममा नेपाली सेनाका खेलाडी निसिम थापा मगरको दुर्घटनामा परेर ज्यान गएपछि प्राधिकरणले प्याराग्लाईडिङ… पुरा पढौ

कास्की २ मा एमालेका बौद्धिक र उद्यमी मातृशक्ति उम्मेदवार प्रतिष्पर्धामा

पोखरा । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ दलहरुले महिलालाई कम अवसर दिएका छन् । संसदमा एक तिहाई महिला हुनै पर्ने संवैधानिक व्यवस्था छ । समानुपातिक सूचीबाट उक्त व्यवस्था पूरा गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेशभित्र एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ जना र प्रदेशमा ३ जना महिला उठाएको छ । सत्ताको नेतृत्वमा रहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट संघ र प्रदेश दुवैतिर महिलालाई उम्मेदवार बनाएको छैन । माओवादी केन्द्रले प्रदेश सभामा १ जना उठाएको छ… पुरा पढौ

‘कालोसूचीमा नपरेका रामजीबिरुद्ध एमालेको अनर्गल प्रचार’

पोखरा ३०, कार्तिक नेकपा एमालेले कालोसूचीमै नपरेका कास्की ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल (जीवन)बिरुद्ध अनर्गल प्रचार गरेको पाइएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट बराल संलग्न पोखरा–९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले लिएको रकम नतिरेपछि सामान्य सचेत मात्र गराएको विषयलाई एमालेले चुनावको मुखमा कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेको पाइएको हो । सोहि प्रचारका आधारमा भ्रमित भई पोखरा–२४ कास्कीकोटका बोधराज सुवेदीले बरालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरीसमेत गरेका थिए । तर कोषले दिएको… पुरा पढौ

सङ्घीयसँगै प्रदेशससभाको निर्वाचनमा पनि उत्तिकै चासो

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दिनमात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने दुई दिनमात्र बाँकी छ । उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । सङ्घीय निर्वाचन क्षेत्रमा बढी चर्चा हुँदा प्रदेशसभाका उम्मेदवार ओझेलमा परेका छन् । सङ्घीयतालाई मजबुद बनाउने आधार प्रदेशसभा क्षेत्रको चर्चा कम हुने गरेपनि प्रदेशको भूमिका उत्तिकै महत्वपूर्ण छ । तनहुँका चार प्रदेशसभा क्षेत्रमा २९ जना चुनावी प्रतिस्पर्धामा छन । तनहुँ १ को प्रदेश १ मा ११ र प्रदेश २ का… पुरा पढौ