देश

युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए । विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी नयाँपुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले मुलुकका सबै जाति समुदायलाई एकापसमा एकताबद्ध बनाएर शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न युवा दिवसले प्ररेणा प्रदान गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय… पुरा पढौ

राजधानीमा गाईजात्राको रौनक

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ । विगत दुई वर्षकोभन्दा यसपटक राजधानी सहरमा गाईजात्रा रौनक बढेको देखिन्छ । विगत दुई वर्ष कोरोना महामारीको त्रासका कारण गाईजात्रा भव्य हुन सकेको थिएन । विसं २०७७ र २०७८ मा गाईजात्राको विधिमात्र पूरा गरिएको थियो । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन… पुरा पढौ

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेका छन । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा आज बिहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध… पुरा पढौ

अन्तरपालिका बैठक

बैतडी । सिकाइ आदानप्रदानका लागि बैतडीमा पहिलोपटक अन्तरपालिका समन्वय बैठकको सुरुआत गरिएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अन्तरपालिका समन्वय बैठकको सुरु गरेका हुन । पालिकाको एकआपसमा अनुभव साटासाट र सिकाइ आदानप्रदान गराउने उद्देश्यले अन्तरपालिका समन्वयात्मक बैठकको सुरुआत गरिएको प्रजिअ पन्थीले जानकारी दिए । जिल्ला प्रशासनको संयोजनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बैठकको सुरुआत गरिएको हो । घुम्ती अन्तरपालिका बैठक सञ्चालन हुने र पहिलो बैठक दशरथचन्द नगरपालिकामा सम्पन्न भएको छ । सुशासन, विकास र सेवा… पुरा पढौ

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ : प्रम देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री देउवाले भने, “विद्यार्थीले पनि आधुनिक युगको शिक्षालाई आत्मसात् गर्दै अघि बढ्नु आवश्यक छ । उच्च शिक्षामा सुधार सँगसँगै हाम्रा परम्परागत ज्ञान, सीप, धर्म, संस्कृति, दर्शन, सङ्गीत र साहित्यको संरक्षण र… पुरा पढौ

प्रहरी निर्वाचनतर्फ केन्द्रित : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव

काठमाण्डौं । सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्रत्तररूपमा तयारी गरिरहेको छ । आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समयसीमा दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमसमेत स्वीकृत भइसकेको छ । भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा… पुरा पढौ

राष्ट्रिय सौन्दर्यकर्मी युनियन पोखरा महानगर कमीटीको अध्यक्षमा दर्जी

पोखरा, साउन २६ राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पोखरा महानगर कमीटीको अध्यक्षमा ज्ञानुकुमारी दर्जी चयन भएकी छन् । युनियनको विहीबार पोखरामा भएको तेस्रो अधिवेसनले दर्जीको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितीको उपाध्यक्षमा गंगादेवी पुन, सचिवमा सृजना घले, सह–सचिवमा मन्दिरा बस्नेत र कोषाध्यक्षमा रमा रानाभाट चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदश्य मिना गुरुङले सौन्दर्यकर्मीको पेशालाई मर्यादित र व्यवसायिककरण गर्दै लैजानुपर्नेमा जोड दिईन् । उनले लामो समयदेखि सौन्दर्य पेशालाई शैक्षिक कार्यक्रममा समावेश गर्ने आफ्नो… पुरा पढौ

बेगनासताल पचभैयालाई प्रमुख पर्यटकीय बनाईने, संरक्षणमा जुटे स्थानिय

पोखरा, २६ साउन पोखराको बेगनासताल पचभैयालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । जसका लागि स्थानिय पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थानिय जनता जुटेका छन् । यहि प्रयास स्वरुप स्थानियले आज विहीबार देउराली मन्दिरदेखि गुम्बासम्म करिब १०० वटा फुलका बिरुवा रोपिएृको स्थानिय पर्यटन व्यवसायी तथा होटल एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । स्थानीय पचभैया सामुदायिक होमस्टेको आयोजना तथा स्थानिय होमस्टेको लगानीमा वृक्षारोपण गरिएको थापाले बताए । उनका अनुसार विहीबार गुल्मोहर, असारे, मुसुन्डा,… पुरा पढौ

कास्कीमा एक वृद्धको उदाहरणीय कार्य : चौरासी पूजामा लाग्ने खर्चले विद्यालयमा अक्षयकोष स्थापना

पोखरा, साउन २६ कास्कीका एक वृद्धले चौरासी पूजा गर्ने खर्चले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ निवासी कृष्णमुरारी खनालले आफ्नो चौरासी पूजा गर्ने खर्चले स्थानिय एक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । खनालले आफू ८४ वर्ष प्रवेश गरेको अवसरमा विहीबार रुपा–१ स्थित कालिका माध्यमिक विद्यालयमा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोष स्थापना घोषणा कार्यक्रममा बोल्दै खनालले चौरासी पूजा भन्दा अध्यक्षकोष स्थापना गरेर कुनै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पून्य… पुरा पढौ

कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो प्रदेश सरकार

कर्णाली । कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान समुदायस्तरसम्म पु¥याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीका अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को पछिल्लो अवस्था, रोकथामका लागि अपनाइएका प्रयास र चुनौतीका बारेमा समीक्षा ग¥यो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको संयुक्त प्रयासबाट सङ्क्रमण रोकथाममा… पुरा पढौ